पोखरा।
पोखरामा पोखरा युनाइटेड एसईई कप २०८३ अन्तर्गतको बास्केटबल प्रतियोगिता भएको छ। तीन दिनसम्म सञ्चालन भएको यस प्रतियोगितामा रघुगंगा टोलीले प्रथम स्थान हासिल गरेको छ।
वैशाख १९, २० र २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा कुल २५ टोलीको उत्साहजनक सहभागिता थियो। केपिडी ब्रदर्स (KPD Brothers) दोस्रो स्थानमा सीमित भयो। विजेता तथा उपविजेता टोलीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रशासनिक अधिकारीहरूले पुरस्कार वितरण गरे।






