• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

१०औँ रारा पोखरा स्पोट्र्स अवार्डको मनोनयन सार्वजनिक

नीतिप्रेस by नीतिप्रेस
May 8, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १०औँ रारा पोखरा स्पोट्र्स अवार्ड २०८२ अन्तर्गतका विभिन्न विधाको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी अवार्डका लागि खेलाडी,प्रशिक्षक र संस्थाको नामावली सार्वजनिक गरेको हो । हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसीले १०औँ रारा पोखरा स्पोट्र्स अवार्ड २०८२ अन्तर्गतका विभिन्न विधाको मनोनयनमा परेकाहरुको नामावली सार्वजनिक गरे ।

सो अवसरमा बोल्दै हिमश्री फुड्सका प्रवन्ध निर्देशक केसीले दक्षिण एशियाकै पहिलो तयारी चाउचाउ राराले नेपाली उपभोक्तामाझ विशेष विश्वास जितिरहेको उल्लेख गर्दै दशौं पोखरा स्पोट्र्स अवार्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । विगतदेखि नै पोखराको खेलकुद क्षेत्रमा सहकार्य गर्दै आएको स्मरण गर्दै उनले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको प्रतिष्ठित अवार्डमा जोडिनु गर्वको विषय भएको बताए । साथै उनले मनोनयनमा परेका खेलाडी,प्रशिक्षक तथा संस्थाहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा जुडोका विज्ञान टी खत्री,टेनिसका प्रदीप खड्का र भलिबलका सन्जु विक्रम शाह परेका छन् । त्यसैगरी, वर्ष उत्कृष्ट महिला खेलाडी विधामा आर्चरीकी मोनिका रानामगर,एथलेटिक्सकी नारायणी भण्डारी र जुडोकी मनिषा तामाङबीच प्रतिस्पर्धा हुने मञ्चका महासचिव परशुराम शर्माले बताए ।

उदीयमान खेलाडी तर्फ एथलेटिक्सकी अनुष्का अधिकारी,तेक्वान्दोका सचिन सुनार र ब्याडमिन्टनकी निभा राई मनोनयनमा परेका छन् भने वर्ष उत्कृष्ट प्रशिक्षकको सूचीमा टेनिसका कुमार अधिकारी,तेक्वान्दोकी रेखमाया गुरुङ र एथलेटिक्सका सिद्धान्त अधिकारी समेटिएका छन्् ।

मञ्चले वर्ष उत्कृष्ट खेल संघका रूपमा कास्की जिल्ला क्रिकेट संघ र वर्ष उत्कृष्ट खेल पत्रकारका रूपमा दीननाथ बराललाई छनोट गरिसकेको छ । यस वर्ष कुल ९ वटा विधामा अवार्ड प्रदान गरिनेछ,जसमा लाइफ टाइम एचिभमेन्ट,स्पेसल अवार्ड र पिपुल्स च्वाइस अवार्ड समेत रहेका छन् । पिपुल्स च्वाइस अवार्डका लागि क्रिकेटका विपीन खत्री,फुटबलका दीप कार्की,एथलेटिक्सकी नारायणी भण्डारी,भलिबलका राजन दर्लामी र मुवाँथाई आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेको अध्यक्ष एमवि आस्था मगरले जानकारी दिए ।

यस वर्षको अवार्डलाई हिम श्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ । आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड,वर्ष उत्कृष्ट प्रशिक्षक,वर्ष उत्कृष्ट खेलाडी पुरुष,वर्ष उत्कृष्ट महिला,वर्ष उदियमान खेलाडी,वर्ष उत्कृष्ट खेल संघ संस्था,पिपुल्स च्वाइस अवार्ड,स्पेशल अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छभने स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेको छ ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी,पोखरा महानगरपालिका,राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ,केल्मी नेपाल,नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ,फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड,होटल क्राउन प्लाजा काठमाण्डौ,जिल्ला खेलकुद बिकास समिति कास्की,बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ),पोखरा एभेन्जर्स,टाइगर ग्रुप अफ पोखरा,तमु धिँ युकेगोर्खा हिल क्यास एण्ड क्यारी (चन्द्रशान्ता गुरुङ),रुपा गाउँपालिका,मादी गाउँपालिका,अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ ।

त्यसैगरी सहयोगीहरुमा सहारा क्लब पोखरा,सहारा युके,सहारा हङकङ,पोखरा महानगरपालिका वडा नं १वडा नं ३,वडा नं ९,वडा नं १० र वडा नं १५,पोखरा उद्योग वाणिज्य संघ,लेखनाथ उद्योग वाणिज्य संघ,भूतपूर्व खेलाडी मञ्च,कास्की जिल्ला तेक्वान्दो संघ,मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने,पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले,विनोद गुरुङ,जापानबाट युवराज गुरुङ,निशान रानामगर,रमेश कुमार गुरुङ,पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन,किरण थापा अष्टे«ेलिया,प्रेमकाजी गुरुङ अष्टे«लिया,राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन),शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड,दीपक बहादुर थापा (पूर्व वडा सदस्य पो.म.न.पा. १०) लामा कलेक्सन न्यूरोड पोखरा,प्रेम पुन (पुन फोटोग्राफी),हेम्जाकोट होमस्टे कास्की रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको मञ्चका महासचिव परशुराम शर्माले जानकारी दिए ।

Previous Post

न्यु ग्यालेक्सी इङ्लिस सेकेन्डरी स्कुलमा एसईई स्पोर्ट्स कम्पिटिसन सुरु हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन