• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाखभन्दा बढी बचत, तमु कल्याणकारी कोषमा जम्मा

नीतिप्रेस by नीतिप्रेस
May 29, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न धनबहादुर गुरुङ सांगीतिक साँझ २०८२ कार्यक्रमबाट ३५ लाखभन्दा बढी रकम बचत भएको छ । तमु कलाकारहरूको हकहित र कल्याणका लागि स्थापना गरिएको तमु कल्याणकारी कोषका लागि आयोजित सांगीतिक साँझबाट ३५ लाख २४ हजार ५ सय ८९ रुपैयाँ बचत भएको आयोजकले जनाएको छ ।
गत फागुन ८ गते पोखरा रंगशालामा आयोजित सांगीतिक साँझबाट कुल ५६ लाख २४ हजार ४ सय ५८ रुपैयाँ संकलन भएको र विभिन्न शीर्षकमा भएको खर्च कटाएर उक्त रकम बचत गर्न सफल भएको तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिकी कोषाध्यक्ष टौसुबा गुरुङ (सविना) ले जानकारी दिइन् । बचत रकम तमु कलाकारहरूको हकहित, सहयोग तथा कल्याणका लागि प्रयोग गरिने उनले बताइन् ।
कार्यक्रम संयोजक गोरे गुरुङले सुरुमा १० लाख ७५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिए पनि देश तथा विदेशमा रहेका गुरुङ गीत संगीतप्रेमीहरूको साथ र सहयोगका कारण कार्यक्रम अपेक्षाभन्दा धेरै सफल भएको बताए । हाल ३५ लाखभन्दा बढी रकम तमु कल्याणकारी कोषमा जम्मा भइसकेको उल्लेख गर्दै उनले निकट भविष्यमा उक्त कोषलाई ५० लाख रुपैयाँ पुयाउने लक्ष्य रहेको जानकारी दिए ।
देशमा उत्पन्न विषम परिस्थितिका बीच पनि सबैको साथ र सहयोगले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउँदै उनले सांगीतिक साँझले गुरुङ गीत–संगीतको क्षेत्रमा नयाँ इतिहास रचेको दाबी गरे । हजारौं दर्शकको उपस्थितिले गुरुङ गीत संगीतको व्यवसायिक सम्भावना र उज्ज्वल भविष्यलाई प्रमाणित गरेको उनको भनाइ थियो ।
गुरुङ गीत संगीतका यूग नायक धनबहादुर गुरुङले सम्पूर्ण सहयोगी, कलाकार, शुभेच्छुक तथा दर्शकहरूको साथ र सहयोगकै कारण कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको बताए ।
सो अवसरमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, विभिन्न संघसंस्था, समाजसेवी, स्वास्थ्यकर्मी, टिकट बिक्री वितरणमा सहयोग गर्ने व्यक्ति तथा सम्पूर्ण सहयोगीदातालाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
संघका अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष माया गुरुङले स्वागत मन्तब्य राखेका थिएभने सञ्चालन महासचिव नेत्र गुरुङले गरेका थिए ।

Previous Post

जनताको समृद्धि र विकास नै गणतन्त्रको मूल लक्ष्य : मुख्यमन्त्री पाण्डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन