• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

ज्योतिकुञ्ज सेकेण्डरी स्कुलको ३७औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
May 31, 2026
in Uncategorized, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, जेठ १६ ज्योतिकुञ्ज सेकेण्डरी स्कुल ले आफ्नो ३७औँ वार्षिकोत्सव, पुरस्कार वितरण समारोह, विज्ञान प्रदर्शनी तथा विविध सांस्कृतिक कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न शैक्षिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयका प्राचार्य पुरन कुँवर ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप तथा आगामी योजनाबारे जानकारी गराए। उनले विद्यालयले गुणस्तरीय, व्यवहारिक तथा जीवनोपयोगी शिक्षालाई प्राथमिकतामा राख्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताए।

२०४६ सालमा स्थापना भएको विद्यालयले नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन गराउँदै आएको छ। विद्यालयमा प्लस–टु तहअन्तर्गत म्यानेजमेन्ट विथ कम्प्युटर साइन्स कार्यक्रम सञ्चालनमा रहेको छ। आधुनिक शिक्षासँगै अनुशासन, नैतिकता र जिम्मेवारीबोधलाई विद्यालयले विशेष महत्व दिएको प्रतिवेदनमा उल्लेख गरिएको थियो।

विद्यालयले विभिन्न सामाजिक तथा शैक्षिक संस्थासँग सहकार्य गर्दै छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्नुका साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्दै आएको जनाएको छ। कार्यक्रममा शैक्षिक वर्ष २०८२ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

अवसरमा बोल्दै प्याब्सन कास्की का अध्यक्ष षडानन्द गौतम ले ज्योतिकुञ्ज सेकेण्डरी स्कुलले शैक्षिक क्षेत्रमा स्थापित गरेको पहिचान प्रशंसनीय रहेको बताए। विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनी तथा सिर्जनात्मक गतिविधिले विद्यार्थीमा नवप्रवर्तन र अनुसन्धानको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण शर्मा ले विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्यले मात्र विद्यार्थीको उज्ज्वल भविष्य निर्माण सम्भव हुने धारणा व्यक्त गरे। उनले विद्यालयको विकासका लागि अभिभावकको निरन्तर सुझाव र साथ आवश्यक रहने बताए।

कार्यक्रममा बद्रीनाथ सुवेदी, डा. रामजी शर्मा, दिवाकर जैसी, राजेश गुरुङ तथा बाबुराम पन्त लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य, गीत, नाटक तथा अन्य सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले तयार गरेका विभिन्न परियोजनाले उपस्थित अतिथिहरूको ध्यान आकर्षित गरेको थियो।

कार्यक्रमको समापनमा विद्यालय परिवारले अभिभावक, शिक्षक, विद्यार्थी तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, प्रतिस्पर्धी र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Previous Post

धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाखभन्दा बढी बचत, तमु कल्याणकारी कोषमा जम्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन