• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रास्वपा सभापति लामिछाने भारत भ्रमणमा, महाधिवेशन तयारी पनि अघि बढ्दै

नीतिप्रेस by नीतिप्रेस
June 1, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । रास्वपा सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन्। उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत प्रस्थान गर्न लागेका हुन्। उनी जेठ २२ गतेसम्म भारतमा रहनेछन्। रास्वपाले उनको भ्रमण तालिका जुन १ देखि ५ तारिखसम्म तय भएको जनाएको छ।

भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै कूटनीतिक छलफललाई समेत अघि बढाइने बताइएको छ। उनले भाजपाको नेतृत्वसँग विशेष संवाद गर्ने तयारी गरिएको छ।

लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकसँग पनि अन्तरक्रिया गर्नेछन्। साथै अयोध्या भ्रमण गर्ने तयारी समेत रहेको छ।उक्त भ्रमणमा लामिछानेसहित पार्टीका अन्य नेताहरू पनि सहभागी हुनेछन्। सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य भ्रमण टोलीमा रहने छन्।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले उच्चस्तरीय भेटघाटका लागि आवश्यक समन्वय गरिरहेको प्रवक्ता मनीष झाले बताएका छन्। रास्वपाले यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने र दुई देशका राजनीतिक दलबीचको संवादलाई सुदृढ गर्ने अपेक्षा गरेको छ।यसैबीच रास्वपाले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी अघि बढाएको छ । यसका लागि पार्टीले मूल आयोजक समिति गठन गरेको छ, जसको अध्यक्षता सभापति रवि लामिछानेले गरेका छन् । महाधिवेशनलाई व्यवस्थित र संगठनात्मक रूपमा सुदृढ बनाउने उद्देश्य पार्टीले लिएको छ ।

रास्वपाको पहिलो महाधिवेशन २०८३ असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने तय गरिएको छ । मूल आयोजक समितिमा वरिष्ठ नेतादेखि केन्द्रीय सदस्य तथा प्रदेश सभापतिसम्मलाई समेटिएको छ । समितिमा उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र मनीष झा सदस्य रहेका छन् । त्यस्तै सोबिता गौतम, शिशिर खनाल र हरि ढकाल पनि समितिमा सहभागी छन् । पार्टीका सबै केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूलाई समेत तयारी प्रक्रियामा समावेश गरिएको छ ।

पार्टी सचिवालय बैठकले संगठन विस्तार तथा महाधिवेशन तयारीका विषयमा विस्तृत छलफल गरेको छ । बैठकमा हालको राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीका गतिविधिहरूबारे पनि मूल्यांकन गरिएको थियो । साथै अनुशासन आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागमा पदाधिकारी मनोनयन गर्ने विषयमा छलफल भएको बताइएको छ ।

त्यस्तै सम्भावित कारबाही प्रक्रिया र प्रदेश अधिवेशन सञ्चालन कार्यविधिबारे पनि बैठकमा विचार–विमर्श गरिएको छ । महाधिवेशनका लागि आवश्यक संरचनागत तयारीलाई बैठकले प्राथमिकतामा राखेको छ ।

Previous Post

ज्योतिकुञ्ज सेकेण्डरी स्कुलको ३७औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

Next Post

जिसस कास्कीद्वारा अपुरा आयोजनालाई प्राथमिकतामा बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिस

Next Post

जिसस कास्कीद्वारा अपुरा आयोजनालाई प्राथमिकतामा बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन