• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पशुपति विकास कोषको सदस्य सचिवमा हुमागाईंको दाबी, सातबुँदे सुधार योजना सार्वजनिक

नीतिप्रेस by नीतिप्रेस
June 11, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईंले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदका लागि उम्मेदवारी दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको रोष्टरमा उनले पशुपति क्षेत्रको सुधार र व्यवस्थापनसम्बन्धी सातबुँदे कार्ययोजनासहित आवेदन दिएका हुन्।

काभ्रेको खोपासीस्थित श्री नरसिंह मठको संरक्षण तथा प्रवर्द्धनका लागि आयोजित एक महिने अनुष्ठानका क्रममा हुमागाईंले पशुपति क्षेत्रको नेतृत्व सक्षम, स्वच्छ छवि भएको र धर्म संस्कृतिप्रति प्रतिबद्ध व्यक्तिलाई दिनुपर्ने धारणा राखे। आफूले विगतमा गरेका धार्मिक तथा सामाजिक अभियानलाई आधार मानेर अवसर दिन सरकारसमक्ष आग्रह समेत गरे।

हुमागाईंले सदस्य सचिवमा नियुक्त भए तलब, भत्ता तथा सवारी सुविधा नलिने घोषणा गरेका छन्। उनले कोषमा आर्थिक पारदर्शिता कायम गर्ने, भेटीघाटीबाट प्राप्त रकमलाई परोपकारी तथा धार्मिक कार्यमा केन्द्रित गर्ने र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्ने बताएका छन्।

उनले पशुपतिनाथ मन्दिरमा पूजा व्यवस्थापनलाई थप व्यवस्थित बनाउने, अभिषेकका लागि शुद्ध जलको व्यवस्था गर्ने तथा दर्शनार्थीका लागि सहज र व्यवस्थित सेवा प्रदान गर्ने योजना अघि सारेका छन्। साथै आगामी तीन वर्षभित्र कोषलाई विकास बजेटका हिसाबले आत्मनिर्भर बनाउने लक्ष्यसमेत प्रस्तुत गरेका छन्।

कोषअन्तर्गत रहेका धर्मशाला, सत्तल, पसल तथा जग्गाको पारदर्शी व्यवस्थापन, भग्नावशेष अवस्थामा रहेका धार्मिक सम्पदाको पुनर्निर्माण तथा अतिक्रमित गुठी सम्पत्ति संरक्षणलाई पनि उनले प्राथमिकतामा राखेका छन्।

आर्यघाट तथा अन्य शवदाह स्थललाई थप व्यवस्थित बनाउने, विपन्न नागरिकका लागि निःशुल्क शवदाह सेवाको व्यवस्था गर्ने तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा पशुपतिनाथको प्रचारप्रसार गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन्।

त्यस्तै, पशुपति क्षेत्रमै सनातन हिन्दू विश्वविद्यालय र आयुर्वेद चिकित्सालय स्थापना गर्ने, वेद विद्याश्रमको क्षमता विस्तार गर्ने तथा क्षेत्रभित्र रहेका बाँदर, मृग, गाईलगायत जीवजन्तुको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

हुमागाईंले पशुपति क्षेत्रलाई भ्रष्टाचारमुक्त, आध्यात्मिक, व्यवस्थित र विश्व हिन्दू समाजको गौरवपूर्ण केन्द्र’का रूपमा विकास गर्ने लक्ष्य रहेको बताएका छन्।

Previous Post

गण्डकीमा कानुनको अडिट सुरु, नयाँ ऐनभन्दा कार्यान्वयनमा प्राथमिकता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन