पोखरा । प्याब्सन कास्कीद्वारा आयोजित कक्षा १-५ स्तरीय शब्दखेल प्रतियोगितामा ७० विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न उक्त प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आफ्नो भाषिक दक्षता, सिर्जनशीलता तथा उत्कृष्ट प्रतिभा प्रस्तुत गरेका थिए।
प्रतियोगितामा रेनबो एकेडेमिक होम्सका विद्यार्थी आर्यन ढकाल, प्रजिता गुरुङ र प्रिन्सा भण्डारीको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ।
त्यसैगरी, बेसलाइन एकेडेमीका विद्यार्थी साइरा राजभाट, मुन राना र सिजन सुबेदीको टोलीले द्वितीय स्थान प्राप्त गरेको छ।यस्तै, सबलाइम माध्यमिक विद्यालयका विद्यार्थी सुप्रिम आचार्य, आयान कोइराला र संस्कार रिजालले उत्कृष्ट प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गर्दै तृतीय स्थान हासिल गरेका छन्।
प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई आयोजकले बधाई ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूले बालबालिकाको भाषिक विकास, आत्मविश्वास अभिवृद्धि तथा सिर्जनात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।






