• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विद्यालयस्तरीय हक्की प्रतियोगितामा सेन्ट फ्रान्सिस र कालिका माविलाई उपाधि

नीतिप्रेस by नीतिप्रेस
June 19, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ५ असार ।पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल२०८३ अन्तर्गत विद्यालयस्तरीय हक्की प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा छात्रतर्फ सेन्ट फ्रान्सिस स्कुल र छात्रातर्फ कालिका माध्यमिक विद्यालयले उपाधि जित्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धात्मक खेल भएको थियो। छात्रतर्फ कालिका मावि दोस्रो तथा शुक्रराज बलभद्र मावि तेस्रो स्थानमा रह्यो। त्यसैगरी छात्रातर्फ न्यु मिलिनियम स्कुल उपविजेता बन्दा शान्ति निकुञ्ज बोर्डिङ स्कुल तेस्रो स्थान हासिल गर्न सफल भयो।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट टोलीहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। दुवै विधामा प्रथम हुने टोलीले १० हजार रुपैयाँ, दोस्रो हुने टोलीले ७ हजार रुपैयाँ र तेस्रो हुने टोलीले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्यसचिव सुरज अधिकारीका अनुसार प्रतियोगितामा १४ विद्यालयका २६ टोलीको सहभागिता रहेको थियो। सहभागी टोलीमध्ये छात्रतर्फ १४ र छात्रातर्फ १२ टोली रहेका थिए। विद्यालयस्तरमै हक्की खेलको विकास र विद्यार्थीहरूमा खेलप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए।

गत जेठ ३० गते औपचारिक रूपमा उद्घाटन भएको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल अन्तर्गत समावेश ११ खेलमध्ये अधिकांश प्रतियोगिता सम्पन्न भइसकेका छन्। महोत्सव अन्तर्गत बाँकी रहेको प्रमुख प्रतियोगिता मेयर कप क्रस कन्ट्री साइक्लिङ आगामी आइतबार आयोजना हुने पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए।

खेल महोत्सवले विद्यालयस्तरदेखि नै खेल प्रतिभाको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ। विभिन्न खेलमार्फत विद्यार्थी तथा युवालाई खेलकुद गतिविधिमा सक्रिय बनाउने लक्ष्यसहित महोत्सव सञ्चालन भइरहेको छ ।

Previous Post

लेखनाथ खानेपानी उपभोक्ता संस्था २५औँ वर्षमा प्रवेश, करिब एक लाख जनसंख्यालाई शुद्ध खानेपानी सेवा

Next Post

पर्यटकीय शहर पोखरामा बवाल वेयर्सको आउटलेट सञ्चालन

Next Post

पर्यटकीय शहर पोखरामा बवाल वेयर्सको आउटलेट सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन