एपेक्स कास्कीद्वारा आयोजना गरिएको अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट भव्य तथा सफल रूपमा सम्पन्न भएको छ। ढुङ्गेसाँघु बोर्डिङ स्कूलको सभाहलमा सम्पन्न उक्त प्रतियोगितामा १३ वटा विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो।उक्त प्रतियोगितामा सबलाइम इङ्ग्लिस सेकेन्डरी स्कूल प्रथम, ताराकुञ्ज सेकेन्डरी स्कूल द्वितीय, रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कूल तृतीय तथा भाष्कर मेमोरियल स्कूल चौथो स्थान हासिल गर्न सफल भएका छन्। विजेता विद्यालयहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।कार्यक्रम एपेक्स कास्कीका संयोजक बाबुराम बरालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन ECA कोर्डिनेटर गोविन्द गौतमले गर्नुभएको थियो।
प्रमुख वक्ताका रूपमा बोल्दै विद्यालयका प्रधानाध्यापक विष्णु जीसीले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको शब्दज्ञान, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।कार्यक्रममा आयोजक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। एपेक्स कास्कीले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक तथा सहपाठ्यक्रम गतिविधिहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।





