पोखरा महानगरपालिका वडा नं. १२ को आयोजना तथा हिल पोइन्ट स्कुलको सहकार्यमा आयोजित अन्तरविद्यालय चित्रकला प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा सृजनशीलता, कलात्मक क्षमता तथा रचनात्मक सोचको विकास गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा वडा नं. १२ सहित पोखराका ४३ वटा विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।प्रतियोगितामा सहभागी विद्यार्थीहरूले वातावरण संरक्षण, सामाजिक सद्भाव, शिक्षा, संस्कृति तथा समसामयिक विषयवस्तुहरूलाई चित्रमार्फत आकर्षक तथा सिर्जनात्मक ढङ्गले प्रस्तुत गरेका थिए।
सहभागीहरूको कला, कल्पनाशक्ति र प्रस्तुतिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको वडा अध्यक्ष सन्तोष बास्तोलाले बताउनुभयो।प्रतियोगितामा हिल पोइन्ट स्कुलकी युमिका गुरुङ प्रथम, ग्लोबल स्कुलकी ओशिका गुरुङ द्वितीय, सोसियल पब्लिक स्कुलका अर्भिनल गुरुङ तृतीय तथा हावर्ड स्कुलका दिपसन विकले सान्त्वना स्थान हासिल गरेका छन्।
विजयी तथा सहभागी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।वडा अध्यक्ष बास्तोलाका अनुसार यस्ता सिर्जनात्मक कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै कला, संस्कृति तथा सिर्जनशीलताप्रति रुचि अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।





