• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्कीमा बजार अनुगमन कडा, उपभोक्ता अधिकार संरक्षणमा प्रशासन सक्रिय

नीतिप्रेस by नीतिप्रेस
July 7, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला प्रशासन कार्यालय कास्कीले उपभोक्ताको स्वास्थ्य, सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिँदै बजार स्वच्छता कायम गर्न जिल्लाभरका व्यवसायी, विक्रेता तथा सरोकारवालाका नाममा अत्यन्त जरुरी सूचना जारी गरेको छ। असार २२ गते सार्वजनिक गरिएको सूचनामा बजार स्वच्छता, मूल्य सूचीको पारदर्शिता र वस्तुको गुणस्तर कायम गर्न निर्देशन दिइएको छ। स्वच्छ बजार, स्वस्थ उपभोक्ता, समृद्ध समाज भन्ने नारासहित जारी सूचनामा निर्देशन पालना नगरे कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिइएको छ।

प्रशासनले व्यवसायीलाई आफ्नो पसल तथा वरपरको क्षेत्र सफा राख्न, फोहोरको उचित व्यवस्थापन गर्न र प्लास्टिकको अत्यधिक प्रयोग नगर्न आग्रह गरेको छ। साथै, उपभोक्तालाई सही जानकारी दिन प्रत्येक पसलमा वस्तु तथा सेवाको मूल्य सूची स्पष्ट रूपमा राख्न अनिवार्य गरिएको जनाएको छ।

प्रशासनले बजारमा बिक्री हुने खाद्य सामग्री, औषधि, कस्मेटिक तथा अन्य उपभोग्य वस्तुमा ब्याच नम्बर अनिवार्य रूपमा उल्लेख भएको सुनिश्चित गरेर मात्र बिक्री वितरण गर्न व्यवसायीलाई निर्देशन दिएको छ। ब्याच नम्बर नभएका, म्याद गुज्रिएका, नक्कली वा गुणस्तरहीन सामग्रीको कारोबार गैरकानुनी हुने स्पष्ट पार्दै यस्ता गतिविधिमा संलग्न पाइए कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। साथै, उपभोक्तामाथि ठगी, वस्तुमा मिसावट, कालोबजारी तथा नापतौल र गुणस्तरसम्बन्धी मापदण्डको उल्लंघन नगर्न व्यवसायीलाई प्रशासनले सचेत गराएको छ।

यसैगरी, स्वच्छ, सुरक्षित र पारदर्शी बजार व्यवस्था कायम गर्न प्रशासनले उपभोक्तालाई पनि सचेत रहन आग्रह गरेको छ। खरिद गर्दा वस्तुको मूल्य सूची, म्याद, ब्याच नम्बर तथा गुणस्तर सम्बन्धी विवरण अनिवार्य रूपमा जाँच गर्न अनुरोध गर्दै बजारमा कुनै अनियमितता, ठगी वा अन्य गुनासो देखिएमा तत्काल जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन प्रशासनले अपिल गरेको छ।

Previous Post

नीति एकेडेमी र नेपाल आदर्श आवासीय विद्यालयको सहकार्यमा सञ्चालित १५ दिने निःशुल्क एआई टुल्स क्र्यास कोर्स सम्पन्न

Next Post

कानुनी पेसाको गुणस्तर अभिवृद्धिका लागि पोखरामा अन्तर्राष्ट्रिय छलफल

Next Post

कानुनी पेसाको गुणस्तर अभिवृद्धिका लागि पोखरामा अन्तर्राष्ट्रिय छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन