• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नीति एकेडेमी र नेपाल आदर्श आवासीय विद्यालयको सहकार्यमा सञ्चालित १५ दिने निःशुल्क एआई टुल्स क्र्यास कोर्स सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
July 6, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, असार २१ । नीति एकेडेमी र नेपाल आदर्श आवासीय विद्यालयको सहकार्यमा सञ्चालित १५ दिने निःशुल्क एआई टुल्स क्र्यास कोर्स सफलतापूर्वक सम्पन्न भएको छ। उक्त प्रशिक्षण कार्यक्रमको समापन समारोह आइतबार नीति एकेडेमीको सभाहलमा सम्पन्न भएको हो।

समापन समारोहमा प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई सम्मानस्वरूप खादा ओढाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा दुवै संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदर्श आवासीय विद्यालयका प्राचार्य श्याम श्रेष्ठले वर्तमान डिजिटल युगमा कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी ज्ञान र सीप विद्यार्थीका लागि अपरिहार्य बन्दै गएको उल्लेख गर्दै यस्ता सीपमूलक तथा व्यवहारिक कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी नीति एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (CEO) माधव पोखरेलले एआई प्रविधिको प्रभाव विश्वव्यापी रूपमा तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै विद्यार्थीहरूले समयअनुकूल सीप हासिल गरी अध्ययन, अनुसन्धान तथा भविष्यको रोजगारीमा प्रतिस्पर्धी बन्न आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता प्रविधिमैत्री प्रशिक्षण कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।

प्रशिक्षणमा सहभागी विद्यार्थीहरूले १५ दिने एआई टुल्स क्र्यास कोर्सले अध्ययनलाई अझ प्रभावकारी बनाउने, विभिन्न एआई उपकरणहरूको व्यावहारिक प्रयोग सिक्ने तथा आफ्नो सिर्जनशीलता र डिजिटल सीप विकास गर्न महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका थिए।

नीति एकेडेमी र नेपाल आदर्श आवासीय विद्यालयको सहकार्यमा सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै डिजिटल युगअनुकूल दक्ष जनशक्ति उत्पादनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Previous Post

संरचनागत सुधार र मन्त्रालय कटौतीमा केन्द्रित वालेन्द्र शाह सरकारका १०० दिन (पूर्ण पाठसहित)

Next Post

कास्कीमा बजार अनुगमन कडा, उपभोक्ता अधिकार संरक्षणमा प्रशासन सक्रिय

Next Post

कास्कीमा बजार अनुगमन कडा, उपभोक्ता अधिकार संरक्षणमा प्रशासन सक्रिय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन