पोखरा। भोटेकोशी बाढीपीडितको राहतका लागि राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघले एक लाख तीन हजार ६०० रुपैयाँ सहयोग गरेको छ।
संघले भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको हो।
संघले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।
रकम सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र लामगादे र रमेश घर्तीमार्फत बुझाइएको थियो।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतम, राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष दुर्गाप्रसाद कँडेल, नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष निर्मलप्रसाद बास्तोला, राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघका सचिव एवं पोखरा उद्योग वाणिज्य संघका सदस्य लालप्रसाद ढकाल, कोषाध्यक्ष भीमप्रसाद सुवेदी, सहसचिव रविप्रकाश गुरुङ, सदस्य आशिष अधिकारीलगायत सहभागी थिए।






