काठमाडौँ। नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ।
बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा एक हजार एक सय र चाँदीको २० रुपैयाँ घटेको हो।
मूल्य घटेसँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
सुनको भाउ बुधबार प्रतितोला ८९ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
यता, बुधबार प्रतितोला चार हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार घटेर चार हजार दुई सय ३५ रुपैयाँ कायम भएको छ।






