पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा नन्दकुमारी सुवेदी ढुंगाना मनोनित भएकी छन् । गुडमर्निङ ट्रेड सेन्टरकी सञ्चालक उनलाई संघकी अध्यक्ष शोभा गौतमले कार्यसमिति सदस्यमा मनोनयन गरेकी हुन् ।
संघको विधान २०६५ को पहिलो संशोधन २०७२ को परिच्छेद ६.१.१ (ड) ले दिएको अधिकार प्रयोग गर्दै गौतमले उनलाई सदस्य बनाएकी हुन् । उक्त व्यवस्थाअनुसार अध्यक्षले कार्यसमितिको सहमतिमा ४ जनासम्म सदस्य मनोनयन गर्न पाउने प्रावधान छ ।
मनोनित नन्दकुमारीले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । यसअघि अध्यक्ष गौतमले असोज २८ गते पनि दुई जनालाई कार्यसमिति सदस्यमा मनोनयन गरेकी थिइन् । साजन गिफ्ट एन्ड किचन कर्नरका सञ्चालक डिल्लीराज सुवेदी र थापा सप्लायर्सका सञ्चालक तुलबहादुर थापा त्यसबेला सदस्य बनेका थिए ।






