Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता हुँदै

नीतिप्रेस by नीतिप्रेस
November 20, 2026
in Samachar, समाचार
0
दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । ‘दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता २०८३’ मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्स र हिमालयन स्पोर्टस म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा यो एमेच्योर गल्फ प्रतियोगिता हुन लागेको हो ।
खेलकुदको सहर पोखराको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन प्रतियोगिता गर्न लागिएको हो । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।


हिमालयन गल्फ कोर्स र हिमालयन स्पोर्टस म्यानेजमेन्ट प्रालिका प्रबन्धक भुवन गुरुङका अनुसार प्रतियोगितामा स्वदेश तथा विदेशका गरी करिब ७० जना महिला तथा पुरुष गल्फर सहभागी हुनेछन् । जसमा अमेरिकाबाट १५ जना र बेलायतबाट १० जना गैरआवासीय नेपाली (एनआरएन) गल्फर आउनेछन् । यस्तै पोखरा, काठमाडौँ, धरान र बुटवलका खेलाडीले पनि प्रतिस्पर्धा गर्ने उनले बताए ।

’स्टेबल फोर्ड ३÷४ ह्यान्डिक्याप’ फम्र्याटमा खेलाइने प्रतियोगिता शनिबार र आइतबार गरी दुई दिन चल्नेछ । त्यसअघि शुक्रबार खेलाडीले कोर्स वार्मअप गर्नेछन् । पार ७० को कोर्समा गल्फरले दुई दिनमा ३६ होल खेल्नेछन् । दुवै दिनको अंक जोडेर विजेता छानिनेछ ।
नेप्लिज डायस्पोरा स्पोर्टस एण्ड कल्चर क्लब अमेरिकाको मुख्य प्रायोजन तथा गोर्खा ब्रुअरीको सहप्रायोजनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितालाई कास्की जिल्ला गल्फ संघ र गण्डकी प्रदेश गल्फ संघले सहयोग गरेका छन् ।

क्लबका अध्यक्ष नारायण गुरुङका अनुसार प्रतियोगितामा विभिन्न विधाका विजेता तथा उपविजेतालाई नगद र ट्रफी दिइनेछ । ग्रस विजेताले २० हजार रुपैयाँ नगद र ट्रफी पाउनेछन् । डिभिजन ’ए’ (१–९ ह्यान्डिक्याप), डिभिजन ’बी’ (१०–१४ ह्यान्डिक्याप) र डिभिजन ’सी’ (१४–१८ ह्यान्डिक्याप) का विजेताले जनही २० हजार रुपैयाँ नगद र ट्रफी जित्नेछन् । ती तीनवटै डिभिजनका उपविजेताले जनही १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछन् ।

यसैगरी महिलातर्फको विजेताले १५ हजार रुपैयाँ नगद र ट्रफी तथा उपविजेताले १० हजार रुपैयाँ नगद र ट्रफी पाउने अध्यक्ष गुरुङले बताए । सिनियर (६० वर्षभन्दा माथि) विधाको विजेताले १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ ।

Previous Post

लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव तयारी पूरा, भोलि रक्तदान

Next Post

माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

Next Post
माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन