Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आर्थिक वृद्धिदरमा गण्डकी प्रदेश दोस्रो स्थानमा

नीतिप्रेस by नीतिप्रेस
November 26, 2026
in Samachar, समाचार
0
आर्थिक वृद्धिदरमा गण्डकी प्रदेश दोस्रो स्थानमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८२/८३ अनुसार गण्डकी प्रदेश आर्थिक वृद्धिदरमा बलियो देखिए पनि समग्र राष्ट्रिय अर्थतन्त्रमा यसको आकार अझै सीमित छ ।


नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा गण्डकीको कुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा ५ खर्ब ९२ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । यो रकम देशको कुल उत्पादनमा ८.९८ प्रतिशत हिस्सा मात्र हो । आर्थिक वृद्धिदरको हिसाबले गण्डकी ५.०१ प्रतिशतसहित बागमती प्रदेशको ५.४० प्रतिशतपछि दोस्रो स्थानमा छ । राष्ट्रिय औसत वृद्धिदर ३.८५ प्रतिशतभन्दा यो माथि रहे पनि बागमतीको ३६.७१ प्रतिशत हिस्साको तुलनामा गण्डकीको योगदान सानो देखिन्छ ।


कोशी १५.८० प्रतिशत, लुम्बिनी १४.२० प्रतिशत र मधेश १३.०८ प्रतिशतसहित गण्डकीभन्दा अगाडि छन् भने सुदूरपश्चिम ७.०३ प्रतिशत र कर्णाली ४.२० प्रतिशत पछि छन् । गण्डकीको अर्थतन्त्रमा सेवा क्षेत्रको हिस्सा ५५.३४ प्रतिशत, कृषि क्षेत्रको २५.६६ प्रतिशत र उद्योग क्षेत्रको १९.०० प्रतिशत छ । प्रदेशको कुल उत्पादनभित्र उद्योगको योगदान १९.०० प्रतिशत पु¥याएर गण्डकी सातै प्रदेशमध्ये अघि देखिए पनि बाह्य कर्जा र लगानी प्रवाह भने कमजोर छ । औद्योगिक कर्जामा गण्डकीको अंश १.६ प्रतिशत र सेवा क्षेत्र कर्जामा ६.५७ प्रतिशत मात्र छ ।


वित्तीय पहुँच र बचतको अवस्था देखिए पनि ऋण परिचालनमा गण्डकी सुस्त देखिन्छ । यहाँ कर्जा निक्षेप अनुपात सबैभन्दा कम ५०.०७ प्रतिशत छ जबकि मधेशमा यो अनुपात १०३.४६ प्रतिशत पुगेको छ । प्रदेशको बजेटतर्फ आर्थिक वर्ष २०८३/८४ मा ३३ अर्ब रुपैयाँ विनियोजन भएको छ जुन प्रदेशहरूको कुल बजेटमा ११.०० प्रतिशत हिस्सा हो । कृषि र वैदेशिक रोजगारीमा गण्डकीको चित्र मिश्रित छ । सिँचाइ क्षेत्रफलमा १२.१८ प्रतिशत हिस्सा भए पनि कृषि उत्पादनमा गण्डकीको योगदान ९.५९ प्रतिशत छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृतिसहित १ लाख ५ हजार ५ सय १३ जना बाहिरिनुले आन्तरिक श्रमशक्तिको चाप देखाउँछ ।

Previous Post

एक्स्ट्रिम इनर्जी ड्रिंकको ५ नयाँ स्वाद

Next Post

प्रविधिको विकासले हिंसाका स्वरुप फेरिए

Next Post
प्रविधिको विकासले हिंसाका स्वरुप फेरिए

प्रविधिको विकासले हिंसाका स्वरुप फेरिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन