• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शुन्य समयमा बोल्दै सांसदहरु

नीतिप्रेस by नीतिप्रेस
March 14, 2024
in अन्य, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले प्रत्येक निर्वाचन क्षेत्रमा सांसदहरुको सिफारिसमा कम्तिमा ५० करोड रुपैयाँको योजना दिन माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य घिमिरेले देशभरका १६५ निर्वाचन क्षेत्रमा सांसदहरुको सिफारिसमा कम्तिमा ५० करोड रुपैयाँको योजना दिन माग गर्नुभएको हो । उहाँले सांसदहरुलाई ५÷१० करोड रुपैयाँमात्रै नचाहिएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदहरुको भुमिका नभएमा बजेट पास गर्न नदिने बताउनु भयो । 


उहाँले भन्नुभयो – ‘यस वर्ष बजेट निर्माणमा सांसदहरुको भुमिका र सहभागिता भएन भने हामी यो बजेट पास गर्नको लागि सहयोगी किमार्थ पनि बन्न सक्दैनौँ । बजेट पास गर्ने कुरामा विपक्षीको पनि के भुमिका हुन्छ भन्ने कुराको नजिर संसदमा स्थापित भइसकेको कुरा स्मरण गराउन चाहान्छु । स्वयम् प्रधानमन्त्रीज्यूको पार्टीले हामीलाई यो कुरा सिकाइसकेको पनि छ । हामीलाई ५÷१० करोड चाहिएको होइन । १६५ वटा निर्वाचन क्षेत्रमा सांसदको सिफारिसमा कम्तीमा ५० करोडको योजना दिइयोस् । कार्यान्वयन सरकारले गर्ने हो । यदि बजेट निर्माणमा सांसदहरुको भुमिका शुन्य बनाइयो भने बजेट पास हुँदैन ।’

प्रतिनिधि सभा सदस्य विनिताकुमारी सिंहले मेनपावरहरुले लाखौँ रुपैया असुलेर युवाहरुलाई विदेश पठाउने गरेको भन्दै गैरकानूनी रुपमा असुल्ने मेनपावरहरुलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले श्रम गर्न विदेश जाने युवाहरु विभिन्न समस्याहरुमा पर्ने गरेका भन्दै ति समस्याहरुको समाधान गर्न सरकारले ध्यान पु¥याउनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘हाम्रो देशको युवाहरु वैदेशिक रोजगारको शिलशिलामा विदेश जाँदा विभिन्न मेनपावर र एजेन्टहरु द्वारा ठगिने गरेको छ । कतिपय कम्पनीहरुमा फ्रि भिसा र फ्रि टिकटको व्यवस्था भएपनि एजेन्टहरुले प्रतिव्यक्ति ३ देखि ४ लाख रुपैयाँसम्म उठाउने गरेको छ । ऋण लिएर विदेश गएका युवाहरु आफुले भनेको काम र पारिश्रमिक नपाएर दुःख झेल्नुपर्ने अवस्था छ । कयौँ कामदार युवाहरु जेलमा छन् त, कतिपय अलपत्र अवस्थामा छन् । विदेशमा मृत्यु भएका कामदारहरुको शव ल्याउन पनि महिनौँ लाग्छ । तर पनि यि समस्याहरुमा राज्यको ध्यान गएको देखिदैन । त्यसैले यस्ता समस्यामाथि राज्यको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु । साथै ठग, दलाल, एजेन्ट र मेनपावरलाई कानुनी दायरामा ल्याइ कडा कारबाहीको लागि सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य शान्ति बि.क.ले १३० केजि सुन तस्करी प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको पनि नाम जोडिएको भन्दै यस सम्बन्धमा सदनमा जानकारी गराउन माग गर्नुभयो ।

 उहाँले भन्नुभयो – ‘अर्थमन्त्री वर्षमान पुनको पनि १३० केजी सुन काण्डमा जुन कुराहरु, समाचारहरु बाहिर आइराखेका छन् । यो कुरा के हो म सरकारमार्फत जान्न चाहन्छु । यो सदनलाई जानकारी गराइयोस् ।’

अन्य सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विकास निर्माणको कामको सम्बन्धमा बोल्नुभएको थियो ।

Previous Post

सुरक्षा करिडोरले टर्कीलाई आतंकवादबाट जोगाउँछः राष्ट्रपति

Next Post

रक्सौलमा नेपाल-भारतका सुरक्षा अधिकारीसहितको बैठक

Next Post

रक्सौलमा नेपाल-भारतका सुरक्षा अधिकारीसहितको बैठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन