• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानून छिटो निर्माण गर्नुस्ः राष्ट्रपति

नीतिप्रेस by नीतिप्रेस
March 16, 2024
in अन्य, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानून छिटो निर्माण गर्न आग्रह गर्नुभएको छ । 


शहीद केशव कोईराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा आयोजित शहिद केशव कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघ केन्द्रित अधिकार तल्लो तहमा कार्यान्वनय गर्न बाँकी रहेकोले अब विलम्व गर्नु नहुने बताउनु भयो । उहाँले व्यवस्था परिवर्तन भएपनि अझै जनताको अवस्था परिवर्तन गर्न बाँकी रहेको बताउनु भयो । उहाँले प्रशासनिक रुपमा राज्यको पुनःसंरचना गरेको भएपनि राज्यको चरित्रको भने पुनः संरचना हुन अझै बाँकी रहेको जिकिर गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले निर्दिष्ट गरेको लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतकि, आर्थिक, सामाजिक, धार्मिक, प्रशासनिक स्वतन्त्रतासँगै निमुखा जनतालाई न्याय र विपन्न जनतालाई आयको लक्ष्य राखेको छ । अधिकारका विभिन्न प्रकार उल्लेख गरेपनि ति सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता प्रयोग गर्ने र उनीहरुको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषयहरु संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको छ । तर यहाँ व्यवस्था त परिवर्तन भएको छ । हाम्रो देश र समाज र जनताको सामान्य अवस्थामा अझै पनि परिवर्तन हुन बाँकी छ । हामीले प्रशासनिक रुपमा राज्यको पुनःसंरचना ग¥यौं, तल्लो भन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्य सत्ता पुगेको छ । तर राज्यको चरित्रको भने पुनः संरचना हुन अझै बाँकी छ । अझै पनि हामीले केन्द्रित गरेर राखेको अधिकार तल्लो तहमा कार्यान्वनय गर्न बाँकी छ । अब यसका लागि हामीले विलम्व गर्नु हुँदैन भन्ने मलाई लाग्दछ । प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानून छिटो निर्माण गर्न संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई आग्रह गरेको छु ।’

राष्ट्रपति पौडेलले लोकतन्त्रलाई राज्य सञ्चालनको माध्यम मात्र नबनाइ जीवनदर्शन र संस्कार बनाएर अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।

 

Previous Post

नेपालमा लोकतन्त्र त छ तर चालचलन गोरखाली सम्राज्यवादको भयोः अध्यक्ष ठाकुर

Next Post

लगानी कर्ताको पैसा नडुब्ने गरी आर्थिक वृद्धिहुने क्षेत्रहरुमा लगानी गर्नुस्ः अर्थमन्त्री पुन

Next Post

लगानी कर्ताको पैसा नडुब्ने गरी आर्थिक वृद्धिहुने क्षेत्रहरुमा लगानी गर्नुस्ः अर्थमन्त्री पुन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन