इजिप्टका विदेशमन्त्री सामेह शौकरीले प्यालेस्टाइनी शरणार्थीहरूलाई निरन्तर र निर्वाध सेवाहरू सुनिश्चित गर्न आह्वान गर्नुभएको छ ।
संयुक्त राष्ट्र संघको राहत र प्यालेस्टाइन शरणार्थीहरूका लागि कार्य एजेन्सीलाई यसबारे सहयोगको आह्वान गर्नुभयो । शौकरीले युएनआरडब्ल्यूएका कमिश्नर–जनरल फिलिप लाजारिनीसँगको भेटमा यस्तो टिप्पणी गर्नुभएको थियो ।
लगभग २.३५ मिलियन मानिस बसोबास गरेको गाजा पट्टी भोकमरीमा फस्ने कगारमा रहेको लज्जारीनीले चेतावनी दिनुभयो ।
मानव निर्मित भोकमरीको संकट भएको उहाँले बताउनु भयो ।