Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

टर्कीमा १४७ आईएस संदिग्ध पक्राउ

टर्की प्रहरीले मंगलवार राष्ट्रव्यापी कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहको सदस्य भएको आशंकामा १४७ जनालाई पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।

प्रहरीले ३० प्रान्तमा एकैसाथ गरेको अपरेसनमा संदिग्धहरूलाई पक्राउ गरेको हो ।

उनीहरुबाट ठूलो मात्रामा विदेशी मुद्रा, संगठनात्मक कागजातहरू र डिजिटल सामग्रीहरू बरामद गरेको बताइएको छ । संदिग्धहरूले द्वन्द्व क्षेत्रहरूमा सशस्त्र गतिविधिहरू सञ्चालन गरेको प्रहरीले बताएको छ ।

येर्लिकायाले टर्कीले गत वर्षको जुन १ देखि यस वर्षको मार्च २५ सम्म आईएस समूह बिरुद्ध कुल १,३२९ आतंकवाद बिरोधी अभियान सञ्चालन गरेको बताउनु भयो । यि अपरेशनमा २ हजार ९१९ जना संदिग्ध पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist