आज बिहान काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी चितवनस्थित त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ भने उनीहरुको परिचय खुलेको प्रहरीले बताएका छन् ।
प्रहरीका अनुसार मृतक पाँचै जना गोरखा नगरपालिकाका हुन्। मृत्यु हुनुमा गोरखा नगरपालिका-७ का अर्जुन सिर्मल, हरिमाया रोकाया, जुनकिरी रोकाया, अन्जना रोकाया र आगमन रोकाया रहेका छन्। मृतकमा एक बालिका, दुई महिला र दुई पुरुष छन्।भने उनीहरूको उमेर भने प्रहरीले खुलाइसकेको छैन।
पशुपतिमा ठूलाेबुबाकाे दाहसंस्कार गरेर गाेरखा फर्कने क्रममा मुग्लिन नजिकैबाट कार त्रिशुलीमा खस्न पुगेकाे प्रहरीले जनाएकाे छ । उनीहरू सबै एकैघरका परिवार रहेको प्रहरीले जनाएको छ ।
आज बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको थियो ।