Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

सेवाग्रहीसँग घुस लिँदै गर्दा पोखरा महानागरपलिकाकी सब—इन्जिनियरसहित दुई पक्राउ

सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानागरपलिकाकी सब—इन्जिनियरसहित दुई जना पोखराबाट पक्राउ परेका छन् ।
पोखरा महानगरपालिकाको नक्शा शाखामा कार्यरत सब—इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट सेवाग्रहीसँगबाट लिएको डेढ लाख रुपैयाँ पनि बरामद भएको छ । उनीहरुले घर सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ मागेका थिए । आख्तियारको टोलीले कुँवरलाई पोखराको महेन्द्रपुल नजिकबाट र सब—इन्जिनियर रोकायालाई पोखराको मालेपाटनबाट नियन्त्रणमा लिएको हो । पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बरालकाअनुसार अहिले प्रारम्भिक अनुसन्धान जारी रहेको छ । उहाँले पोखरा महानगरपालिका वडा नम्बर १० मा सम्पन्न घरको नक्शा दिनका लागि आर्थिक लेनदेन भएको बताउनु भयो । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ४ का सदस्य प्रकाश कोईरालाले एक जनाबाट डेढ लाख रुपैयाँ बरामद भएको बताउनु भयो । 

पक्राउ परेकाहरुलाई प्रक्रिया पूरा गरी कारबाही गरिने अख्तियारले जनाएको छ । एक जना महानगरपालिकाकै कर्मचारी अर्का एक जना भने बाहिरको व्यक्ति भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist