[adrotate banner =”6″]
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीवार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्व. नेता अधिकारी अनेक उत्तारचढावहरु भएपनि कहिले पनि खण्डित नभएको बताउनु भयो । उहाँले शासन सत्तामा रहँदा मात्रै नभइ स्व. नेता अधिकारी प्रतिकुल अवस्थामा समेत स्थिर रहनुभएको बताउनु भयो । उहाँले कम्युनिष्ट आन्दोलन भित्र देखापर्ने कुनैपनि अतिवादमामा स्व. अधिकारी नरहनुभएको बताउनु भयो । उहाँले स्वभाव र विचारमा नरम देखिएपनि देब्रे वा दाहिने विचार र प्रवृत्तिको बिरोधमा रहनुभएको बताउनु भयो । उहाँले अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीहरुले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मनमोहन अधिकारीलाई हामीले कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा पनि बुझ्नुपर्दछ । उहाँ अनेक उत्तारचढावहरु भए तर कहिले पनि खण्डित हुनु भएन । कहिले पनि विश्रृंखलित हुनु भएन । उहाँ कम्युनिष्ट आन्दोलनभित्रको निरन्तरताको पर्यायको रुमपा रहनुभएको छ । उहाँ शासन सत्तामा रहँदा मात्रै होइन, अत्यन्त प्रतिकुल अवस्थामा समेत पनि रहनुभयो । त्यसकारले हामी मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको अर्को नामका रुपमा लिने गर्दछौँ । कम्युनिष्ट आन्दोलन भित्र देखापर्ने कुनैपनि अतिवादमा उहाँ रहनुभएन । उहाँ यो स्वभावमा नरम देखिएपनि, विचारमा नरम देखिएपनि, देब्रे वा दाहिने विचार र प्रवृत्तिको बिरोधमा रहनु भयो । उहाँ कहिले पनि त्यो व्यवहारप्रति सहमति हुनुभएन । अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीहरुले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्नुपर्छ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले स्व. मनमोहन अधिकारी भूराजनीतिक संवेदनशिलताप्रति गम्भीर रहनुभएको बताउनु भयो ।
[adrotate banner =”3″]
[adrotate banner =”4″]
[adrotate banner =”5″]

![kqsf/;Fu s'/fsfgL ub}{ pkk|wfgdGqL ofbj
sf7df8f}F, ( dªl;/ M l;+xb/af/df ;f]daf/ pkk|wfg tyf sfg'g Gofo tyf ;+;bLo dfldnfdGqL pk]Gb| ofbj dGqfnodf kbef/ u|x0fkl5 kqsf/;Fu s'/fsfgL ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;](https://nitipress.com/wp-content/uploads/2024/04/386157408Upendra-Yadav-75x75.jpeg)




