• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त मान्नु गलत, यसमा ओलीलाई दोष दिन मिल्दैनः माधव नेपाल

नीतिप्रेस by नीतिप्रेस
June 9, 2024
in नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “5”]

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको टिप्पणी गर्नुभएको छ ।


अध्यक्ष नेपालले एमालेको आठौं र नवौं महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त भनेर पारित गरेकाले त्यसैलाई मानेर हिँडेको भनेर केपी ओलीलाई दोष दिन भने नहुने अध्यक्ष नेपालको भनाई थियो । आईतवार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले समाजवादी युगमा जबजलाई मार्गदर्शक सिद्धान्त भन्न नमिल्ने र यसको औचित्य समाप्त भयो भनेर भन्न पनि नमिल्ने तर्क थियो । अध्यक्ष नेपालले पार्टीले समाजवादी विचारधारा अघि सारेको दाबी समेत गर्नुभयो । उहाँले आफनो पार्टीले वामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाएर लैजाने बताउनु भयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘वास्तवमा हाम्रो पार्टीले नै अहिलेको नयाँ चरणमा समाजवादी क्रान्तिको चरणमा समाजवादी कार्यक्रम लिनुपर्दछ भन्ने विचार अगाडि सा¥यो । अरु पार्टीले भन्न सकेका छैनन् । हिजो नवौ महाधिवेशनले पनि धेरै गलत कुराहरु अगाडि सा¥यो । जनताको बहुदलीय जनवादी (जबज) लाई मार्गदर्शक सिद्धान्त भनेर अनि त्यही मार्गदर्शक सिद्धान्तमा अहिले केपी ओली चलिरहेका छन् । अब केपी ओलीलाई के दोष दिनु ? महाधिवेशनले नै पास गरिसकेपछि उनलाई दोष दिने कुरा पनि भएन । त्यसो हुनाले त्यही बेलामा गलत विचार अघि सारिएको थियो । तर हामीले मार्ग दर्शक सिद्धान्त भन्ने पनि होइन, त्यसको औचित्य समाप्त भयो भन्ने पनि सकिँदैन । हामीले सरकारसँग पनि सहकार्य गरिरहेका छौं । अहिले समाजवादी मोर्चा नयाँ ढंगले चलाउने कुरामा पनि छलफल चलाइरहेका छौं । यसभित्र नेकपा विप्लव समूह पनि हामी सँगसँगै जाउ भन्दै हुनुहुन्छ । त्यसैगरी अशोक राईको समूहले पनि मिलेर जाउँ भन्दै हुनुहुन्छ । अनि नेपाल समाजवादी पार्टीले पनि मिलेर जाउँ भनिरहेका छन् । त्यसकारण माओवादीसहित यी घटक बसेर छलफल पनि गर्नेछौं । यी सबै बामपन्थी शक्तिहरुलाई मिलाएर एकतावद्ध बनाएर हामी अगाडि बढ्छौं । तर हामी जोड के दिन चाहन्छौ भने वर्ग संघर्ष अनि राजनीतिक संघर्ष, राजनीतिक मोर्चा । यी सबै क्षेत्रमा हामीले उत्कृष्टता देखाउन सक्नुपर्दछ ।’


अध्यक्ष नेपालले समाजवादी मोर्चालाई नयाँ ढंगले अघि बढाउने विषयमा छलफल भइरहेको पनि बताउनु भयो । 

Previous Post

गाँजा खेती र औषधिजन्य अनुसन्धानका लागि एक महिनाभित्र नियमावली बन्छ : गृहमन्त्री

Next Post

नेपाल–भारत सम्बन्धले विकास र समृद्धिमा नयाँ युगको शुरुवात हुनेछः उपप्रधानमन्त्री श्रेष्ठ

Next Post

नेपाल–भारत सम्बन्धले विकास र समृद्धिमा नयाँ युगको शुरुवात हुनेछः उपप्रधानमन्त्री श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन