Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

अहिलेको समावेशितालाई कुनैपनि शासक वर्गले चाहँदा उखेलेर फाल्नसक्छः अध्यक्ष यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको समावेशिता शासक वर्गले चाहेसम्म मात्रै रहने किसिमको रहको बताउनुभएको छ ।


सोमवार जनकपुरमा शुरु भएको पार्टीको राष्ट्रिय महाधिवेशनको अवसरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले केही हदसम्म मात्रै समावेशिता रहेको र समावेशिता कुनै पनि शासक वर्गले चाहेको खण्डमा उखेलेर फालिदिन सक्ने किसिमको रहेको बताउनु भयो । उहाँले उहाँले अहिले पाएका अधिकारलाई बचाउन र मजबुत बनाउन लाग्नुपर्ने बताउनु भयो । दुई तिहाईभन्दा बढी सीमान्तकृत जनता दिनदिनै पछाडी पारिँदै आएकाले मुलुक पछाडी पर्दै आईरहेको बताउनु भयो । अध्यक्ष यादवले सीमान्तकृत समुदायलाई पछाडी पारिएकाले मुलुक गरिबीतर्फ धकेलिँदै गइरहेको र दुई तिहाईभन्दा बढी जनसंख्या रहेको सीमान्तकृत समुदायलाई पछाडी पार्दा मुलुक कुनैपनि हालतमा विकसित मुलुक तथा समाजवादतर्फ अग्रसर हुन नसक्ने बताउनु भयो ।   
उहाँले भन्नुभयो, ‘आज केही हदसम्म समावेशिता छ । तर यो पनि यति कमजोर छ की यसलाई शासक वर्गले चाहने हो भने उखेलेर फालिदिन सक्छ । जो अधिकार प्राप्त भएका छन्, त्यसलाई बचाऔँ । त्यसलाई अझै मजबुत गरौँ । जो बाँकी छ, त्यसलाई पाउन संघर्षबाट अघि बढौँ । हाम्रो संघर्ष, विभेद, असमानता हुन नदिनका लागि हुनुपर्छ ।’


अध्यक्ष यादवले मधेस आन्दोलन नभएको भए मुलुकमा संघियता, गणतन्त्र नेपालमा कहिल्यै नआउने बताउँदै प्राप्त अधिकारहरुलाई संरक्षण गर्नका लागि निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । सोमवारबाट जनकपुरधाममा शुरु भएको जसपा,नेपालको एकताको राष्ट्रिय अधिवेशनको बन्दसत्र आज (मंगलवार) बिहानबाट शुरु भएको छ । बन्दसत्रमा जसपा नेपालका अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुहुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist