• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन

नीतिप्रेस by नीतिप्रेस
June 16, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह सांसदहरुलाई निर्देशन दिनुभएको छ ।


शनिवार बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कानून निर्माणको पाटोमा चनाखो भएर भुमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिनुभएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक महेश बर्तौलाले अध्यक्ष ओलीले सांसदहरुलाई जनसरोकारका मुद्दाहरु संसदमा मुखरित गर्न तथा ज्वलन्त मुद्दाहरुमा विशेष तयारीका साथ प्रश्तुत हुन निर्देशन दिनुभएको जानकारी गराउनु भयो । प्रमुख सचेतक बर्तौलाले संयुक्त सरकारको चरित्र बमोजिम बजेट आउन नसकेपछि राजनीतिक रुपमा बजेटलाई पारित गरेर जाने बताउनु भयो । उहाँले सरकारलाई कमजोर बनाउने षड्यन्त्रहरु भइरहेपनि वर्तमान सत्तारुढ समिकरणलाई मजबुत बनाएर अगाडी बढाउने स्पष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो – ‘पहिलेदेखि भन्दै पनि आएका छौँ । संसदभित्रै बाट पनि बोल्दै आएका के छ भने अहिलेको बजेट अलि प्रभावकारी ढंगबाट आउनुपथ्र्यो । त्यसमा केही छलफल कम भएको यथार्थ हो । किनभने यो संयुक्त सरकार हो । संयुक्त सरकारको चरित्र बमोजिम बजेटले त्यो स्प्रिट पक्रिनुपथ्र्यो कि भन्ने एउटा आशय र विषय हाम्रो हो । त्यसरी बजेट नआएपछि यसमा स्वभाविक गुनासो, प्रश्न र सुझाव लिने कुरालाई अन्यथा लिनु भएन । त्यही कोणबाट आजपनि छलफल भयो । जुन ढंगबाट जसरी विषयवस्तु आएपनि, बजेट आएपनि अन्तत्वोगत्वा यो बजेट राजनीतिक हिसाबले यसलाई हामीले समर्थन गरेर, बोकेर जानुपर्छ । यो गठबन्धनलाई हामी बलियो बनाएर लिएर जान चाहान्छौँ । यो समिकरणलाई अझ मजबुद बनाएर अगाडी बढाउन चाहन्छौँ । यो सरकारलाई कमजोर बनाउनका लागि कयौँ खेतिपाति आजको दिनमा पनि चलिरहेको छ । आजै मुलुकमा अस्थिरतामा लैजानका लागि अनेकौँ ढंगबाट सरकारविरुद्धका खेतिपातिहरु, षड्यन्त्रहरु चलेकै छन् । यो सरकारलाई मजबुत बनाउने र आज दिएका सुझावहरु भोलिका लागि कामयावि होस् भन्नका लागि हामीले खुला रुपमा कसैलाई पनि छलफलमा आफ्ना सुझावहरु दिन अनुरोध गरेका छौँ । छेकवार गरेका छैनौँ । समसामयिक कतिपय परिस्थितिका विषयमा दलका नेताज्यूबाट विशेष गरेर संसदीय मामिलामा जनसरोकारका मुद्दाहरुमा संसदमा मुखरित गर्ने र विकास निर्माणको सँगसँगै नीतिगत पक्षमा राष्ट्रका कयौँ ज्वलन्त, महत्वपूर्ण विषयहरुमा सांसदहरुले विशेष तयारीका साथ आफुलाई प्रस्तुत गर्ने, कानून निर्माणको पाटोमा चनाखो भएर भुमिका निर्वाह गर्नेगरी अगाडी बढ्न निर्देशित गर्नुभयो ।’


सरकारमा सहभागि हुन चाहाने दलहरुलाई समावेश गराएर जाने पक्षमा सरकार रहेको र चाँडै त्यो कोर्षमा सरकार अगाडी बढ्छ । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छः महासचिव चन्द

Next Post

मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैनः मेयर तामाङ

Next Post

मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैनः मेयर तामाङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन