• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैनः सांसद सापकोटा

नीतिप्रेस by नीतिप्रेस
July 7, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सत्ता समिकरणको सम्बन्धमा नेपाली काँग्रेस र नेकपा(एमाले)ले गरेको सहमती अपारदर्शी भएको बताउनुभएको छ ।


आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले नेपाली काँग्रेस र नेकपा(एमाले)का बीचमा भएको भनिएको सत्ता समिकरणको सहमती अपारदर्शी भएको बताउनुभएको हो । उहाँले दुई दलका बीचमा भएको सहमती आधिकारिक रुपमा बाहिर नआएको भन्दै अपारदर्शी सम्झौता रहेको बताउनु भयो । उहाँले संसदीय अभ्यासमा ठूलो दलले सरकार बनाउने र दोस्रो ठूलो दल प्रतिपक्षमा बस्ने परम्परा रहेपनि सहमतीमा दोस्रो ठूलो दलको नेतृत्वमा सरकार बनाउने सुनिएको भन्दै यसरी स्थिरता दिन नसकिने बताउनु भयो । उहाँले नेकपा(एमाले)ले नैतिकता नदेखाएको पनि बताउनु भयो । उहाँले दुई दलका बिचमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमती हुनुले सरकार स्थिर हुन नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हामीले अभ्यास गरिराखेको संसदको अभ्यासले के भन्छ भने सबभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो दलले वेटिङ गर्भमेन्ट अथवा वाचडगका रुपमा प्रमुख प्रतिपक्षमा बसेर भुमिका खेल्ने । तर संसदले यो लय त सुरुका दिनदेखि नै बिगारेको हो । त्यसकारण अहिले उहाँहरुले जे भन्नुभएको छ, यसका पछाडी स्थिरता दिने कुराको कुनैपनि गुञ्जायस देखिँदैन । सबभन्दा पहिले त उहाँहरुले यति अपारदर्शी प्रकारको सहमती गर्नुभएको भन्ने हाम्रो निष्कर्ष छ । दुईवटा दलका बिचमा के–कस्ता सम्झौताहरु भए त्यो आधिकारिक रुपमा बाहिर आएका छैन । मिडिया ट्रायलका निमित्त उहाँहरुले विभिन्न प्रकारका क्लिपहरु र अरु मेन्सनहरु गर्नुभएको छ, त्यसैलाई मात्र पत्याउनुपर्ने हो भने अलग कुरा हो । नभए उहाँहरुले मध्यरातमा, अमुकमा व्यक्तिको घरमा गर्नुभएको सम्झौताभित्र के छ हामीले हेर्न पाएका छैनौँ । यतिका दिनसम्म त्यसलाई गुपचुप राख्नुपर्ने कुरा उहाँहरुलाई के भयले काम गरिरहेको छ । सबभन्दा पहिला अपारदर्शीता, अनैतिकता त्यहाँबाट सुरु भएको छ । दिनभरी प्रधानमन्त्रीसँग बसेर नर्क गएपनि, स्वर्ग गएपनि सँगै जाउँला भन्ने, ललितपुरमा ड्राफ्ट गर्नका लागि आफ्ना नेतालाई खटाउने यो कहाँको नैतिकता हो ? यही हो नैतिकता ? आजको दिनसम्म औपचारिक हस्ताक्षर गरेर भएको सम्झौतालाई बाहिर ल्याउनु भएको छैन । त्यहीँ अपारदर्शीता छ । त्यो अनैतिकता हो । ठुलो दललाई त सरकारको नेतृत्व गर्ने सहमती गर्नुभएको छैन, मिडियामा आएका कुराहरुलाई मान्ने हो भने । दोस्रो पार्टीले नै नेतृत्व गर्ने कुरा गर्नुभएको छ । बाँकी रहेको सबै कार्यकाल एउटै पार्टीले नेतृत्व गर्ने पनि भन्नुभएको छैन । त्यसलाई फेरि आधा–आधा गर्ने भन्नुभएको छ । यही हो स्थिरता ? तपाईहरुले गर्नुभएको कुराले स्थिरता देखाउँदैन । सिधा–सिधा लोकलाई ढाट्ने काम गर्नुभएको छ ।’


सांसद सापकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल शुरु भएको बताउनु भयो । उहाँले नेकपा(एमाले)प्रति लक्षित गर्दै गिरिबन्धु टि स्टेटको कालो धब्बाले छोपिएर आफूहरुलाई नैतिकताको पाठ नसिकाउन चेतावनी दिनुभयो । 
उहाँले भन्नुभयो – ‘प्रधानमन्त्री, गृहमन्त्रीसहित पारदर्शीता कायम गर्नका निमित्त भूटानी शरणार्थीसँग सम्बन्धित रहेको फाइल फेरि खोल्न अगाडी बढ्नुभयो । बेचन झाको गिरफ्तारी र त्यसबाट प्राप्त भएका तथ्य प्रमाणहरु बिस्तारै सार्वजनिक हुँदै गए । बेचन झाका प्रमाणहरु आएपछि तपाईहरु बेचैन हुँदै डुंगा प्वाल परेको देख्नुभयो । डुंगा प्वाल पर्ने बित्तिकै मुसा भाग्छ । बहादुरहरुले त सामना गर्छन् । साहसीहरुले सामना गर्ने हो । तपाईहरु अहिले हामीलाई नैतिकताको पाठ सिकाएर गिरिबन्धुको कालो धब्बाले धपक्कै छोपिएर, बेचन झाले बेचैन बनेकाहरुले हामीलाई नैतिकताको पाठ सिकाउने । तपाईहरु पहिले गिरिबन्धु टि स्टेटको कालो धब्बा कसरी पखाल्ने ? बेचन झाबाट बेचैन भएको चैन पहिले फर्काउनुस् न । त्यसपछि हामी कुरा गरौँला ।’


सांसद सापकोटाले प्रधानन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने र विश्वासको मत लिने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेमा संविधान अनुसार संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री चयनको प्रक्रिया अगाडी बढ्ने बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रिय कमिटी सदस्यको ड्राफ्ट तयार पार्न जिम्मेवारी दिने नेकपा एसको निर्णय

Next Post

चित्रबहादुर केसीको प्रश्नः काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

Next Post

चित्रबहादुर केसीको प्रश्नः काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन