• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

चित्रबहादुर केसीको प्रश्नः काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

नीतिप्रेस by नीतिप्रेस
July 7, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भूटानी शरणार्थी र गिरिबन्धु टि स्टेट प्रकरण ढाकछोप गर्नका लागि काँग्रेस–एमालेबीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिनुभएको छ ।


आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले त्यस्ता काण्डहरुबाट आफूलाई चोख्याउन काँग्रेस एमालेले नयाँ सत्ता समिकरण बनाएको हो भने त्यो नेपाली जनतालाई मान्य नहुने बताउनुभएको हो । अध्यक्ष केसीले नयाँ पुराना सबै दलहरु भ्रष्ट छन् भन्नेकुरा नेपाली जनतालाई थाहा भएकाले विगतमा भएका गल्ती सच्याएर अघि बढ्न अब बन्ने सरकारलाई सुझाव दिनुभयो । उहाँले एमालेले सरकारको नेतृत्व गर्ने भन्नेकुराप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । संसदको ठूलो दल काँग्रेसले सरकारको नेतृत्व लिनुपर्ने उहाँको भनाई थियो । 
अध्यक्ष केसीले भन्नुभयो, ‘मैले अहिले यहाँ देखेँ–दोहोरी । कोही यहाँ नयाँ भर्खरै आएका जस्ता, कोही चाँही पुराना । कतिपय चाहीँ सत्तामा बस्दा नेपालमा असाध्यै सुशासन दिएको, भ्रष्टाचार उन्मुलन गरेको, देशको सार्वभौमिकता, अखण्डताको रक्षा गरेको । त्यस्तो गरेको, नगरेको त नेपाली जनतालाई थाहा छ नि । अहिले जुन यहाँ पनि कुरा आयो । यदि भ्रष्टाचारलाई छामछुम पार्नका लागि, भूटानी शरणार्थीको काण्डमा र गिरिबन्धु टी स्टेटको काण्डमा दुई वटा ठूला पार्टीको सम्झौता हो भने यो नेपाली जनतालाई मान्य हुन्न । त्यसकारण यहाँ कसैले पनि रोष्टमबाट आफ्नो सफाई दिएपनि नेपाली जनताले भोगी राखेका छन, देखिराखेका छन् । त्यसकारणले को चोखो छ ? भ्रष्टाचारबाट कुन पार्टी मुक्त छ ? त्यसकारण यसभन्दा पहिलेको जुन गठबन्धन थियो, त्यो गठबन्धन बन्नुको पछाडि के थियो ? हामी २०७४ मा बापपन्थीहरु एकै ठाउँमा भएका थियौं नि । त्यो वामपन्थीहरुको सरकार भत्काउनुको औचित्य के थियो, त्यो भत्काएकोमा सर्वोच्च अदालतले बेठिक भयो भनेपछि फेरि अर्को चोटी पनि भत्काएको होइन ? अनि त्यसको सफाई दिने बेलामा चाहीँ एमाले बचाउनका लागि भन्ने कुरा आयो होइन ? त्यसकारणले सबैको हविगत देखिएको छ । संसद भित्रका राजनीतिक दलहरु साना, ठूला, नयाँ पुराना सबैलाई नेपाली जनताले देखेका छन । जानेका छन् । बुझेका छन् । आफ्नो भ्रष्टाचारालाई लुकाउन, जोगाउनका लागि यो खेल भएको हो भने यो राम्रो कुरा होइन । मैले एक वर्ष पहिले नै भनेको थिए–तपाईहरु संसदीय व्यवस्था मान्नु हुन्छ, सबैभन्दा ठूलो दलले सरकारको  नेतृत्व गर्नुपर्दैन थ्यो ? किन यसबेला आएर बल्ल निन्द्रा खुल्यो । त्यो पनि सबभन्दा ठूलाले होइन, माईलो पार्टीले गर्दैछ । यसमा पनि दालमा काला हए । भोलीका दिनमा नेपाली जनताले बुझदै जानेछन् । हाम्रो तपाईहरुलाई सुझाव के हो भने–राजनीतिक पार्टीहरुप्रति नेपाली जनताको असाध्यै घृणा छ । नेपाली जनताले हामीलाई त्यसै घृणा गरेका हुन् ? किन घृणा गरिराखेका छन् भने राजनीति गर्ने भनेको कमाउने । पैसा जम्मा गर्ने । र, आउँदो चुनावलाई करोडौं रकम जम्मा गर्ने । जोसुकै होस चाहे नयाँ आएकाका कुरा गरौं, चाहे पुरानाका कुरा गरौं । सरकारमा बस्नेहरुबाटै सहकारीमा अर्वांैको हिनामिना भएको होइन र ? यो नेपाली जनताले बुझेका छैनन । यो लोकतन्त्र गणतन्त्र हामीबाटै खतरा छ । अहिलेसम्म जो भयो भयो । विगतका गल्ती कमजोरीलाई स्वीकार गरेर अघि बढ्नुपर्छ ।’
अध्यक्ष केसीले नेपाली जनताले राजनीतिक पार्टीहरुप्रति घृणा गरिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरी अव बन्ने सरकारले काम गर्नुपर्ने पनि बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैनः सांसद सापकोटा

Next Post

प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह

Next Post

प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन