• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह

नीतिप्रेस by नीतिप्रेस
July 7, 2024
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न आग्रह गर्नुभएको छ ।


आईतवार बसेको प्रतिनिधि सभाकोे बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले प्वाल पारिसकेको डुङ्गामा बस्न उपयुक्त नभएको सुझाव दिनुभयो । उहाँले रास्वपाले प्रधानमन्त्रीलाई साथ दिइरहँदा अरुलाई पद र गरिमाका विषयमा उठाएको प्रश्नले सार्थकता नपाउने बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहाललाई साथ दिएर रास्वपालाई नै क्षति हुने भन्दै एक पटक सरकारलाई दिएको समर्थनका विषयमा सोच्न आग्रह गर्नुभयो । उहाँले संसदका दुई ठूला दल सहकार्य गरेर जाने निर्णय गरिसक्दा पनि प्रधानमन्त्री दाहालले २८ गतेसम्म लम्ब्याउन नमिल्ने धारणा राख्नुभयो । उहाँले संसदमा विश्वासको मत भन्दा पनि संसदबाट राजीनामा घोषणा गर्नुउपयुक्त हुने बताउनु भयो । उहाँले पहिलो पटक विश्वासको मत लिँदा २६८,दोस्रोमा १७२,तेस्रो र चौथो पटक १५७ मत प्राप्त भएको भन्दै अब विश्वासको मत लिइराख्नु औचित्य नरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘संसदका दुई ठूला दल सहकार्य गरेर जाने निर्णय गरिसक्यो । प्रधानमन्त्री २८ गतेसम्म लम्ब्याउने कुरा किन भयो । बुझ्नसकेका छैनौं । प्रधानमन्त्रीले विश्वास र समर्थन गुमाई सक्नुभएको छ । यस्तो बेलामा प्रधानमन्त्रीले संसदबाट राजीनामा घोषणा गर्नु उपयुक्त हुन्छ । उहाँले पहिलो पटक विश्वासको मत लिँदा २६८,दोस्रोमा १७२,तेस्रो र चौथो पटक १५७ मत प्राप्त गर्नुभयो । अब उहाँले विश्वासको मत लिँदा कति मत प्राप्त गर्नुहुन्छ । म राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्न चाहन्छु । उहाँहरु सत्तापक्षमा बस्नुभएको छ । उहाँहरुको पार्टीको निर्णय र इच्छा हो । हामीले भन्नु केही छैन । तर प्रधानमन्त्रीले प्वाल पारि सकेको डुङ्गामा बसि रहनु भएको छ भने तपाईहरु कता जाँदै हुनुहुन्छ । एक पटक सोच्नुहोला । राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढङ्गले अरुलाई पद र गरिमाको प्रश्न उठाई राख्नु भएको छ । त्यस हिसावले सोच्न आग्रह गर्दछु ।’  
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालमा देखिएको निरन्तरको अस्थिरताले देशले आत्मविश्वास नै गुमाउन थालेकाले काँग्रेस र एमाले मिल्नुपर्ने परिस्थिति बनेको बताउनु भयो । उहाँले संविधान जारी भएको ८ वर्षभित्र दाहालले ६ पटकभन्दा बढी यता र उता गर्दै सत्ताको खेलमा लिप्त रहेका कारण स्वभाव बुझ्न समेत गाह्रो भएको बताउनु भयो । उहाँले संविधान निर्माणपछि देशलाई स्थितिरमा लैजाने बेला एमाले र काँग्रेससँग सहकार्यको गर्दै सत्तामा बसिरहने खेल खेलेको बताउनु भयो । उहाँले एमाले मिसन ग्रासरुट र मिसन ८४ मा लागेका बेला उहाँले फेरिसहयोग माग्दा सहयोग गरेपश्चात समेत लो प्रोफाइलका मन्त्रालय लिएर काम गर्न दिँदा पनि एमालेप्रति नै अविश्वास गरेको आरोप लगाउनु भयो । उहाँले कांग्रेसलाई बोलाएर राष्ट्रिय सरकार बनाउन प्रश्ताव गरेकाले एमालले सोच्न बाध्य भएको बताउनु भयो । उहाँले  राष्ट्रिय सरकारको कुरा नाजायज नभए पनि आजको अवस्थामा राष्ट्रिय सरकारको नेतृत्व दाहालले गर्न नसक्ने बताउनु भयो । 
उहाँले भन्नुभयो,‘उहाँको स्वभाव नै यस्तो हो कि, बुझ्नै सकिएन । संविधान निर्माणपछि देशलाई स्थितिरमा लैजाने बेला एमालेलाई धोका दिएर काँग्रेसतिर लाग्नुभयो । फेरि काँग्रेस छाडेर एमालेतिर आउनुभयो । २०७९ को निर्वाचनमा एमालेविरुद्ध बनेको गठबन्धन लामै समय जान्छ भनेर हामी प्रतिक्षमा बस्न तयार थियौं । तर उहाँ चुनावपछि फेरि काँग्रेस छाडेर एमालेतिर आउनुभयो । लामो समय लैजाने भनेरै शक्ति बाँडफाँटको सहमति भएकै थियो । तर दिनहरू बित्दै जाँदा प्रधानमन्त्रीले सहमति पालना नगरी फेरि काँग्रेसतिर जानुभयो । अब यो सरकार जाओस् भनेर हामी मिसन ग्रासरुट र मिसन ८४ मा लागेका बेला उहाँले फेरि हाम्रो सहयोग माग्नुभयो । पछिल्लोपटक हामीले साथ दिएर लो प्रोफाइल मन्त्रालय लिएर काम गर्न दिँदा पनि एमालेप्रति नै अविश्वास गर्न थाल्नुभयो । काँग्रेसलाई बोलाएर राष्ट्रिय सरकार बनाऊँ भन्ने प्रस्ताव पनि राख्नुभएछ । राष्ट्रिय सरकारको कुरा नाजायज होइन, तर आजको अवस्थामा राष्ट्रिय सरकारको नेतृत्व कसले गर्नसक्छ ? उहाँ नेतृत्वको सरकारले गर्न सक्दैन । हामीलाई यो पनि सूचना प्राप्त भयो कि, राष्ट्रिय सरकार भनेर उहाँले एमालेलाई सरकार बाहिर राख्ने मनसाय व्यक्त गर्नुभयो । हामीलाई सरकार बाहिर बस्न आपत्ति होइन तर उहाँको नियत ठीक नदेखिएकाले ठूला दल मिलेर राष्ट्रिय सहमति बनाउनुपर्ने भयो ।  प्रधानमन्त्रीको जादुमय अंकले सत्ता साझेदार दल एमालेमाथि अविश्वास गर्न थाल्नुभयो ।’
उहाँले मुलुकको आत्माविश्वास दिनप्रतिदिन गुम्दै गएको र नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास गुम्दै गएको बताउनु भयो । उहाँले बैशाखमा भएको लगानी सम्मेलनमा १० अर्बको पनि लगानी प्रतिवद्धता नभएकोले पनि देखाएको बताउनु भयो । उहाँले कर्मचारीतन्त्र,सुरक्षा निकायले आत्माविश्वास गुमाएको दाबी गर्नुभयो । उहाँले जनतामा निरासा,आक्रोस र पलायन भएकाले मुलुक संकटग्रस्त अवस्थामा पुगेको बताउनु भयो । उहाँले संविधान बनेको र कार्यान्वयन गरेको १० वर्ष भएकाले संवैधानिक व्यवस्था अनुसार प्रत्येक १० वर्षमा संविधानको पुनरावलोकन गर्ने ठिक समय भएको बताउनु भयो । उहाँले संघीय,प्रदेश र स्थानीय सरकारको गठन,संवैधानिक अंगहरुको कामकारबाही लगायतका विषयमा पुनरावलोकन गर्न आवश्यक रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘ मुलुकको आत्माविश्वास दिनप्रतिदिन गुम्दै गयो । नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास गुम्दै गयो । बैशाखमा भएको लगानी सम्मेलनमा १० अर्बको पनि लगानी प्रतिवद्धता भएन । तीन वर्षअघिको लगानी सम्मेलनमा ठूलो लगानी प्रतिवद्धता भएको थियो । कर्मचारीतन्त्र,सुरक्षा निकायले आत्माविश्वास गुमाएको अवस्था छ । राज्यका निकायहरुले ठिक ढङ्गले काम गरिरहेका छैनन् । संवैधानिक अंगहरुको अवस्था त्यस्तै छ । जनतामा निरासा र आक्रोस,पलायन छ । श्रमिकको रुपमा वा उच्च शिक्षा अध्ययनको निम्ति होस् । मुलुकको जनशक्ति र पुँजी दुबै पलायन भइरहेको छ । यसरी हेर्दा मुलुक संकटग्रस्त अवस्थामा छ । संविधान बनेको र कार्यान्वयन गरेको १० वर्ष भएको छ । संवैधानिक व्यवस्था अनुसार प्रत्येक १० वर्षमा संविधानको पुनरावलोकन गर्नेछ । संविधान संशोधन गर्ने ठिक बेला आएको छ । संघीय,प्रदेश र स्थानीय सरकारको गठन,संवैधानिक अंगहरुको कामकारबाही लगायतका विषयमा पुनरावलोकन गर्ने अवस्थामा छौं । समावेशी,समानुपातिक निर्वाचन प्रणालीलाई अवलम्वन गरेका छौ । संसदमा देशको प्रतिनिधित्व भएको छ । मुलुकको राष्ट्रिय एकतालाई कसरी बनाउने भन्ने विषय संविधानमा संशोधन गर्नुपर्ने छ । यी नै आवश्यकतालाई ध्यान दिँदै अन्तर्राष्ट्रिय समुदाय र नेपाली विज्ञहरुको विचारको आधारमा नेकपा एमाले र नेपाली काँग्रेस एक ठाउँमा उभिएर तमाम समस्याको समाना गर्नुपर्ने बेला आएको भनेर काँगे्रससँग सहकार्य गर्ने निर्णय गरेको हो ।’
भट्टराईले अब काँग्रेस र एमालेबीचमा देशको आत्मविश्वास बढाउन र लगानीको वातावरण बनाएर अर्थतन्त्र लयमा फर्काउन बलियो सरकारको सहमति भएको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

चित्रबहादुर केसीको प्रश्नः काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

Next Post

भ्रष्टाचार बिरुद्धको कारबाहीको डरले सरकार फेरबदल हुन लाग्योः सांसद पराजुली

Next Post

भ्रष्टाचार बिरुद्धको कारबाहीको डरले सरकार फेरबदल हुन लाग्योः सांसद पराजुली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन