Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

प्रेम सुवालको टिप्पणीः हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गर्नुभएको छ ।


सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सांसद सुवालले नयाँ सत्तासमिकरण व्यापारीको घरमा बसेर भएकालेमा आपत्ति समेत जनाउनु भयो । उहाँले मध्य रातमा एमाले–काँग्रेसबीच सत्ता समिकरण हुने कुराले कालाबजारीहरुलाई प्रश्रय दिएको आरोप समेत लगाउनु भयो । सांसद सुवालले समान विचार राख्नेहरुले सहकार्य गरेर अघि बढेमात्रै स्वभाविक हुने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिलेसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो भयो । नयाँ सत्ता समिकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो ? सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला ।’
सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist