• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बाढी, पहिरोको जोखिममा परेकालाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग सांसदहरुले माग

नीतिप्रेस by नीतिप्रेस
July 8, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

बाढी, पहिरो प्रभावित तथा जोखिममा परेकालाई तत्काल उदार र उचित राहतको व्यवस्था गर्न सरकारसँग सांसदहरुले माग गरेका छन् ।


सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै अधिकांश सांसदहरुले सरकारसँग यस्तो माग गरेका हुन् । उनीहरुले अविरल वर्षाको कारण देशभर बाढी पहिरोको गएकाले त्यसबाट प्रभावित जनतालाई तत्काल राहत र उद्धारको व्यवस्था गर्न माग गरे । उनीहरुले सरकारले विपद् जोखिमको लागि उचित राहत र उद्धारको लागि राम्रो व्यवस्था नदेखिएको भन्दै प्रभावित क्षेत्रका जनतालाई तत्काल उद्धार गर्न माग गरे । नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले शनिवारको बाढी पहिरोबाट भएको मानवीय र सम्पतीमा भएको क्षतिको सदनलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले अहिलेसम्म सरकारले आफ्नो दायित्व पूरा नगरेको बताउनु भयो । उहाँले बाढी पहिरो पीडितलाई तत्काल गरेको राहतको के व्यवस्थाका विषयमा पनि जानकारी दिन आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो,‘शनिवारको बाढी पहिरोबाट भएको मानवीय र सम्पतीमा भएको क्षेतीको जानकारी सदनलाई जानकारी आएको छैन । अहिलेसम्म सरकारले आफ्नो दायित्व पूरा गरेको छैन । बाढी पहिरो पीडितलाई तत्काल राहतको के व्यवस्था गरेको छ । सदनलाई जानकारी दिन आग्रह गर्दछु।’
नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले बाढी पहिरोमा परेकाहरुका लागि आवश्यक राहत र क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले नेकपा एमाले लगायत अन्य दलहरुले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदा समेत प्रधानमन्त्री नाटकिय ढङ्गले अघि बढेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले मुलुकलाई निकास दिनको निम्ति प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भयो । 
नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले बाढी र पहिरोको कारण मुलुकमा सबै सडकहरु अवरुद्ध भएको बताउनु भयो । उहाँले बाढी पहिरो पीडितहरुको लागि सरकारले उचित राहत र उद्धारको व्यवस्था राम्रो नभएको भन्दै तत्काल व्यवस्था गर्न माग गर्नुभयो । उहाँले उपत्यकाभित्रका समेत सडक तथा बस्तीहरु जोखिममा रहेको बताउनु भयो । 
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नक्कली भूटानी नाम जोडिए पनि एक वर्षअघि अदालतमा पेश गरेको अभियोगपत्रमा प्रतिवादी नबनाइएका बेचन झालाई वर्तमान सरकारले नियन्त्रणमा लिएपछि राजनीतिक बेचैन शुरु भएको बताउनु भयो । उहाँले सुशासन र भ्रष्टाचारको बिरुद्धमा लागेको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर जुन चलखेल भएको भन्दै बेचन झाहरुको केश अगाडि बढाउन माग गर्नुभयो । उहाँले आगामी सरकारलाई पनि बेचैन झाहरुले चयन नदिने बताउनु भयो ।
त्यस्तै,नेपाली काँग्रेकी सांसद सपना राजभण्डारीले बाढी पहिरोमा परेकाहरुलाई सरकारले तत्काल उद्धार गर्न माग गर्नुभयो । उहाँले काठमाडौं उपत्यकामा समेत केही स्थानहरु डुबानमा पर्दा सर्वसाधरणहरुले दुःख कष्ट भोग्नुपरेको बताउनु भयो । उहाँले काठमाडौं उपत्यकामा डुबान नहुने गरी दीर्घकालिन समाधानको खोजी गर्न आवश्यक रहेको बताउनु भयो ।
नेपाली काँग्रेसकी सांसद सीता मिजारले बाढी पहिरोको जोखिममा परेका नागरिकलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले विपद्मा परेका सर्वसाधरणलाई आपतकालिन उपचारको लागि हवाई एम्बुलेन्सको विशेष व्यवस्था गर्न पनि माग गर्नुभयो ।  
नेपाली काँग्रेसकी सचेतक शुसिला थिङले बाढी पहिरोमा परेका मृतक तथा घाईतेहरुको परिवारलाई उचित राहत तथा उद्धार व्यवस्था गर्न माग गर्नुभयो । उहाँले राष्ट्रिय परिचयपत्र बनाउन विवाहित महिलाले सिन्दुर पुस्नुपर्ने कार्य हिन्दु संस्कृति माथिको धावा भएको बताउनु भयो । उहाँले हिन्दु संस्कृतिको पहिचान मेटिने गरी बनाउने राष्ट्रिय परिचयपत्रको भत्र्सना गर्ने बताउनु भयो । उहाँले राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दुर र पोते खोल्ने कार्य तत्काल बन्द गर्न माग गर्नुभयो ।

[adrotate banner= “5”]

[adrotate banner= “4”]

[adrotate banner= “6”]

Previous Post

इजिप्टको गैर–तेल व्यापार सन्तुलन घाटा ६.४ मा संकुचित

Next Post

शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्रीलाई काँग्रेस सांसदको चेतावनी

Next Post

शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्रीलाई काँग्रेस सांसदको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन