Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

लुम्बिनीलाई युनेस्कोको खतराको सूचीमा पर्न नदिन कुटनीतिक पहल गर्नुपर्छः मन्त्री तामाङ

कामचलाउ सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी क्षेत्रलाई युनेस्कोको खतराको सूचीमा पर्न नदिन कुटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।


आईतवार मन्त्रालयबाट बिदाई हुने क्रममा पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले लुम्बिनी क्षेत्रलाई युनेस्कोले खतराको सूचीमा राख्ने चेतावनी दिएको बताउनुभएको हो । उहाँले लुम्बिनीमा विश्व सम्पदाको मूल्य, मान्यता र परम्परा विपरितका कामहरु हुन थालेको भन्दै युनेस्कोले खतराको सूचीमा राख्ने चेतावनी दिएको बताउनु भयो । उहाँले युनेस्कोको मान्यता विपरितका कामहरु रोक्न आफूले सम्बन्धित निकायलाई सचेत गएको बताउनु भयो । उहाँले त्यतिले मात्रै नपुग्ने भन्दै लुम्बिनीलाई खतराको सूचीमा प्रवेश हुन नदिन कुटनीतिक पहल गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘लुम्बिनी युनेस्कोको विश्व सम्पदाको मूल्य, मान्यता र परम्परा विपरित काम भए जसको कारणले लुम्बिनीलाई निकट भविष्यमै खतराको सुचीमा जाँदैछ  भन्ने चेतावनीमुलक कुराहरु आएको छ । जसको बारेमा हामीले आफ्नो तर्फबाट, यदि लुम्बिनी विकास कोषबाट त्यस्तो कुनै युनेस्कोको मान्यता विपरित कुनै काम भएका छन्, निर्माणसँग सम्बन्धित कामहरु भएका छन् भने त्यस्ता कामलाई रोक्नुपर्छ । सुधार गर्नुपर्छ भनेर सचेतता गर्ने काम हाम्रो तर्फबाट भएको छ । सचेत गराउने काम मैले गरेको छु । तर हामीले मात्रै सचेत गराएर त्यो काम फत्ते गर्न सक्ने अवस्था छैन । मैले बुझिराखेको छु । अहिले पनि युनेस्कोले लुम्बिनीलाई युनेस्कोको खतराको सुचीमा प्रवेश हुन नदिनको निमित्त हामीले केही कुटनीतिक पहल पनि गर्नुपर्ने अवस्था छ । म पुरातत्व विभागका साथीहरुलाई त्यतातिर ध्यान दिनको निम्ति अनुरोध गर्दछु ।’


आफुले आफ्नो कार्याकालमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको सुविधाका लागि पशुपतिनाथ मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि ८ बजेसम्म खोल्ने निर्णय गरेको बताउनु भयो । उहाँले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई निःशुल्क भोजन गराउने तयारी गरेको भन्दै प्रतिवेदन आएपछि सो काम अगाडी बढ्ने पनि जानकारी दिनुभयो । उहाँले नेपालको हवाइजहाजलाई युरोपको आकाशमा लागेको प्रतिवन्ध हटाउन सुधारका कामहरु शुरु भएको भन्दै निष्कर्षमा पु¥याउन भने निरन्तर प्रयत्न गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist