• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

४० वर्षमा भएका विपद्जन्य घटनामध्ये करिव ८० प्रतिशत घटना जलवायु परिवर्तनबाट

नीतिप्रेस by नीतिप्रेस
July 18, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3′]

नेपालले जलवायु परिवर्तनबाट भएका विपद्जन्य घटनाहरुलाई विश्वसामु स्पष्टसँग लैजान नसकेको विज्ञहरुले बताएका छन् ।

विज्ञहरुले नेपालको हकमा जलवायु परिवर्तनमा विभिन्न खालका घटना, परिघटनाहरु भइरहेको जिकिर गरे । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै वातवरण तथा प्रकोपविद् दीपकविक्रम थापा क्षेत्रीले नेपालले जलवायुजन्य विपद्बाट परेका असरहरु विश्वसामु संख्यात्मक हिसावमा मात्रै देखाएको भन्दै जलवायुबाट निम्तिएका घटनाहरुलाई यथेष्ठ प्रमाणसहित लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले जलवायुजन्य विपद्का घटनाहरु कुन कारणले भएका छन् भन्ने यथेष्ठ प्रमाणहरु जुटाउन सरकासँग आग्रह गर्नुभयो । हिमाल पग्लिरहेको कुरादेखि कृषि र समाजमा परेको असरलाई राम्रोसँग नियाल्न र विश्वसामु देखाउन नसकेको बताउनु भयो । उहाँले विश्वलाई देखाउनका लागि नेपालसँग जलवायुजन्य विपद्बाट भएका घटनाहरु यकिन गरि नसकेको बताउनु भयो । उहाँले नेपालसँग जलवायु परिवर्तनका कारण भएका विपद्जन्य घटनाहरु वैज्ञानिक रुपमा पनि प्रमाणित भइसकेको केही घटनाहरु रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘नेपालको हकमा हामीले जलवायु परिवर्तनमा विभिन्न खालका घटना, परिघटनाहरु पनि देखिरहेका छन् । तर त्यो घटनाहरुलाई हामीले विश्वसामु राम्रो र स्पष्टसँग लैजान सकेका छैनौँ । हामी संख्यात्मक हिसावमा देखायौँ तर त्यसले हामीले कति समस्यामा पारेको छ, यस्ता घटनाहरु कुन कारणले भएका छन् भन्ने यथेष्ठ प्रमाणहरु जुटाएर बोल्न सकेका छैनौँ । सम्भवतः हामीले कुनै कुनै हकमा जस्तै माउण्टेन ग्लेसियरहरु मेन्ट हुने कुराहरुमा गरेका छौँ होला तर अन्य एग्रिकल्चर, सोलस सेक्युरिटिजको हिसावमा हामीले त्यो क्षेत्रमा राम्रोसँग हेर्न सकेका छैनौँ । समग्रमा हामीले भन्नुपर्दा हामीसँग यथेष्ठ डाटाहरु जुन ग्लोवल्ली देखाउनका लागि हामीसँग यथेष्ठ प्रमाणहरु आइसकेका छैनन् र नआइसकेको भनिराख्दा पनि हामीसँग केही केही छन् जुन साइन्टीफिक स्टडीबाट प्रुभ भएका पनि छन् ।’

dipak.PNG
४० वर्षमा भएका विपद्जन्य घटनामध्ये करिव ८० प्रतिशत जलवायु परिवर्तनबाट
विज्ञ क्षेत्रीले विगत ४० वर्षमा भएका विपद्जन्य घटनामध्ये करिव ८० प्रतिशत घटना जलवायु परिवर्तनबाट भएको बताउनु भयो । उहाँकाअनुसार युएनले गरेको सर्वेक्षणअनुसार १९७० देखि २०१९ सम्मको तथ्यांकलाई हेर्दा नेपालमा भएका विपद्जन्य घटनामध्ये ७९ प्रतिशत घटना जलवायु परिवर्तनका कारणले भएका छन् । नेपाल जस्तो विकासोन्मुख देशहरु ८० प्रतिशत जलवायु परिवर्तनको जोखिममा परेको बताउनु भयो । पूर्वसूचना प्रणालीको विकास गर्नसके मात्रै नेपाल जस्ता विकासोन्मुख देशहरुले जलवायुजन्य परिवर्तनका कारण हुने घटनालाई कम गर्नसक्ने जिकिर गर्नुभयो । पूर्वसूचना प्रणालीलाई विकास गर्न नसके झनै भयावह अवस्था आउने बताउनु भयो । विकसित देशहरु भन्दा १० गुणा बढी क्षति नेपाल लगायतका देशलाई जलवायु परिवर्तनका कारण भएको बताउनु भयो । जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न स्पष्ट योजना बनाउन जरुरी रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामीले विगत ४० वर्षको आँकडालाई हेर्ने हो भने जलवायु परिवर्तनका हिसावले आएको कुराहरुमा लगभग ८० प्रतिशत जलवायु परिवर्तनकै कारणले हाम्रोमा विपद्हरु निम्तिएका छन् । युएनले अर्को गरेको सर्वेक्षणअनुसार १९७० देखि २०१९ सम्म तथ्यांकलाई हेर्दा लगभग ७९ प्रतिशत जति पनि विपद्हरु आएका छन्, त्यो सबै जलवायु परिवर्तनका कारणले भएको भन्ने देखाएको छ । यसलाई समष्टिगत रुपमा हेर्ने हो भने हामी जस्तो विकासोन्मुख र जो अति स्मल आइल्याण्ड नेशन भन्छौँ, त्यस्ता खालका नेसन्सहरु लगभग ८० प्रतिशत यति समस्यामा परिसकेका छन् की तिनीहरुलाई तत्काल हामीले अर्लि वार्निङ सिस्टमका सामग्रीहरु तत्काल त्यो टेक्नोलोजी हामीले दिन नसकेको खण्डमा अझ भयावह रुपहरु आउन सक्छ । यही कुरालाई हामीले जोडेर हेर्ने हो भने जुन विकासोन्मुख देश र गरिव देशहरु अन्य धनी देशहरु भन्दा लगभग १० गुणाले हामीसँग क्षति बढी हुने जस्ता कुराहरु देखिएको छ । यावत कुराहरुलाई हामीले जोडेर हेर्ने हो भने हामी अत्यन्त आजको भोलि नै हामीले यो कुरामा केही न केही पन्चिङ गर्नुपर्छ ।’

dipak bikram thapa chetri.PNG
विपद्पूर्व तयारीका लागि आज एक रुपैयाँ खर्च गर्दा भविष्यमा ४ रुपैयाँ बचाउन सकिन्छ
विपद्विज्ञ क्षेत्रीले नेपालले ०.०२ प्रतिशत मात्रै हरित गृह ग्यास उत्सर्जन गरेको भन्दै कम उत्सर्जन गर्ने देशले नै बढी क्षति व्यहोरिरहेको बताउनु भयो । उहाँले नेपाल ज्लवायुजन्य विपद् बढी व्यहोर्ने देशमा चौथो नम्बरमा रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यसबारेमा विश्वस्तरमा एक आवाजमा लैजानसके सो बराबरको क्षति विकसित देशहरुले व्यहोर्ने वातावरण बन्ने बताउनु भयो । उहाँले विकासका बजेटहरुमा नेपालले लगभग ०.४७ प्रतिशत मात्रै लगानी गरेको बताउनु भयो । उहाँले विपद्सम्बन्धी बजेटमा ४ प्रतिशत बजेट मात्रै विपद्पूर्व तयारीको लागि प्रयोग हुने गरेको बताउनु भयो । उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा जलवायु परिवर्तनको बारेमा वकालत गरिएको भएपनि त्यसपछिका दिनमा जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई कम प्राथमिकता दिइएको बताउनु भयो । जलवायु परिवर्तनका कारण प्रकोपीय जोखिमका हिसावमा नेपाल खतरायुक्त रहेकोबारे विश्वलाई बुझाउन सक्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘नेपाल जस्तो देश जसले ०.०२ प्रतिशत मात्रै हामीले हरित गृह ग्यास उत्सर्जन गर्दछौँ । जसमा हाम्रो स्टेक धेरै नै कम्ती रहन्छ । तर हामी जस्तो देशहरुले धेरै नै क्षति व्यहोरिरहेको छ । हामी चौथो बढी क्षति व्यहोर्ने देशमा पर्दछौँ । यो कुरालाई हामीले विश्वस्तरमा एक लेभलमा ठूलो आवाजले नै गर्जनका साथ लिएर जानुपर्ने हुन्छ । किनभने विकसित देश उत्सर्जनका हिसावमा धेरै माथि नै छन् । त्यो माथि भइसकेपछि उनीहरुले त्यति नै बराबरको क्षति बराबरको पैसा दिइराख्ने भनेको पनि इजि टाक्स होइन । कोप २८ सम्म आइपुग्नुको हकमा पनि त्यही भएर ढिलो भएको हो । विकासकै बजेटहरु आइराखेको कोषमा हेर्ने हो भने पनि लगभग ०.४७ प्रतिशत मात्रै हामीले विपद्मा लगानी गरेको देखिन्छ । बाँकी ९९.५३ प्रतिशत त कस्तो छ भने विकासका नाममा मात्रै काम भइराखेका छन् । त्यही आँकडा नै च्यापेर हेर्ने हो भने जम्मा ४ प्रतिशत हामीले विपद्पूर्व विभिन्न कार्यक्रमहरु गरेका छौँ भने लगभग ९६ प्रतिशत जस्तो विपद्पछि मात्रै रियाक्टिभ हिसावमा हामी गइरहेका छौँ । हाम्रो अवस्था नै कस्तो रह्यो भन्दा हामीले अलिकति बढी रियाक्टिभ फोकस भइदियौँ कि ? त्यही भएर अब हामीले भविष्यमा के हुन्छ भन्ने हिसावले नै अहिले हामीले एन्टिसिपेट गरेर यसलाई एउटा नियमनका साथ हामीले अघि लैजाने र हामीसँग भएका डाटाहरुलाई यथेष्ट प्रमाणका रुपमा हामीले अघि लिएर जाने हो भने यसले ठूलो आवाज राख्छ । जस्तो एन्टोनियो गुटेरेस पनि आउँदा हामीले जुन अवस्थामा उहाँसँग कुरा गरिराख्दा उहाँ आउनु नै सर्वप्रथम क्लाइमेट चेन्जको एड्भोकेसीको लागि ठूलो कुरा भएको थियो । तर त्यसलाई फलोअप हामीले ग¥यौँ की गरेनौँ ? अल्टीमेट्ली हामीले सगरमाथा हाम्रो देशमा पर्दछ भनेर भनेको जस्तै गरेर क्लाइमेट चेन्जमा पनि हामी यति धेरै प्रकोपीय हिसावमा खत्तम अवस्थामै छौँ भन्ने हिसावले जबसम्म हामीले त्यहाँसम्म पु¥याउँदैनौँ, त्यसले भोलि गएर क्षति भइसकेपछि दातृ निकायबाट पैसा लिएर आउने अवस्था त्यति राम्रो हुँदैन । आज हामीसँग यो यो समस्या छ, यस्ता यस्ता कारणले परेका छौँ, जस्तै बिरामी परेँ भनेर मात्रै कोहीसँग मागेर त भएन नि । कस्तो प्रकृतिको बिरामी हो भन्नेकुरा भन्न सकेको खण्डमा यो यो क्षेत्रमा हामीलाई यति बजेट चाहिन्छ भनेर देश भित्र्याउन सक्ने र त्यही अनुसार कार्यक्रम बनाउन सक्छौँ । त्र नेपाल जस्तो देशमा कस्तो समस्या छ भने हामीलाई फिजिकल इन्फास्ट्रक्चरमा मात्रै समस्या परेको हामीले हेर्छौं तर कहाँ हेर्न भ्याउँदैनौँ भने १२० भाषा बोल्छौँ भनेपछि त्योसँग कल्चर कति असोसिएटेड होला ? त्यो सफ्ट पार्ट हामीले कन्टीफाइट गर्न नसक्ने अवस्थामा क्वालिटिटिड अप्रोचमा मात्रै जानसक्ने कुरालाई पनि हामीले लिएर जान सक्नुपर्छ । त्यो ग्रामिण भेगसम्म हामीले जबसम्म लैजान सक्दैनाँै, अनुकुलनको कुरा नै आउँदैन । अल्टिमेट्ली अनुकुलन त्यहीँ बसेका व्यक्तिहरुले गर्नुपर्ने कुरा हो । त्यसैले एडेप्टीलिटीको साँच्चिकै कुरा ल्याउँछौँ भने त्यो ग्रासरुटबाट टप लेभलमा आउनुपर्छ । टप लेभलले त्यो स्टोरीहरुलाई इन्टरनेशनल लेभलमा हामीले लिएर जानसक्यौँ भने हामीसँग जोखिमबाट हुने, ब्यालेन्सिङका कुरा हुन्छ । भोलि हुने विकासले अडिट गरियो भने १ डलर मात्रै विपद्पूर्व वा क्लाइमेट चेन्जको हकमा गर्ने हो भने भोलि गएर ४ डलर बचाउन सकिन्छ ।’
उहाँले नेपालमा जलवायु परिवर्तनका कारण नेपालको संस्कृति र हिमाली क्षेत्रका नागरिकमा बढी असर परेको बताउनु भयो । उहाँले ग्रामिण भेगसम्म जलवायु परिवर्तनका असरबारे जानकारी गराउन नसके अनुकुलतातर्फ लैजान नसकिने बताउनु भयो । अहिले १ डलर विपद्पूर्व तयारीका लागि गर्ने हो भने भविष्यमा ४ डलर रुपैयाँ जोगाउन सकिने बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

मधेसी आयोगले मधेसी समुदायको सशक्तिकरणका लागि प्रभावकारी काम गर्न नसकेको सांसदहरुको धारणा

Next Post

गत आर्थिक वर्षमा ५ खर्ब ३१ अर्ब रुपैयाँ आन्तरिक राजश्व संकलन,चालु आर्थिक वर्षमा ७०१ अर्बको लक्ष्य

Next Post

गत आर्थिक वर्षमा ५ खर्ब ३१ अर्ब रुपैयाँ आन्तरिक राजश्व संकलन,चालु आर्थिक वर्षमा ७०१ अर्बको लक्ष्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन