• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति रोक्न संविधान संशोधन गर्नुपर्छ– महेश बस्नेत

नीतिप्रेस by नीतिप्रेस
August 9, 2024
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेकपा(एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्तिलाई नियन्त्रण गर्न संविधान संशोधन गर्न लागिएको बताउनुभएको छ ।


बिहीवार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ ईन्चार्जलाई स्वागत तथा पुरानो ईन्चार्जलाई बिदाई गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा राजनीतिक स्थिरता दिनका लागि काँग्रेस–एमालेबीच सत्ता सहकार्य भएको बताउनु भयो । उहाँले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति र अराजक प्रवृत्तिहरुलाई नियन्त्रण गर्न संविधान संशोधन गरिने बताउनु भयो । उहाँले एमाले र कांग्रेस चुनाव अगाडी अन्य दलहरुसँग सहकार्य नगर्ने कुरामा प्रतिवद्ध भएको पनि बताउनु भयो । उहाँले निर्वाचन सँग सम्बन्धित कानूनहरुलाई संशोधन गरेर जाने बताउनु भयो । उहाँले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘हामी संविधान संशोधनको एजेण्डासहित छलफल गरिरहेका छौँ । हामी राजनीतिक स्थिरता दिनेकुरा गरिरहेका छौँ । अब समावेशिताका विषयवस्तुलाई एमाले, कांग्रेसले कमजोर बनाउन आँटे भन्ने ढंगले प्रश्न उठाइएको छ । त्यो बिल्कुल गलत कुरा हो । हामी समावेशिताका आधारहरु सुनिश्चित गरेर, राष्ट्रिय सभामा सुनिश्चित गर्न सकिन्छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा सुनिश्चित गर्न सकिन्छ । त्यो कुरा गर्नेतर्फ हामी सचेत छौँ । मुलभुत रुपमा साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति र अराजक प्रवृत्तिहरुलाई नियन्त्रण गर्नुपर्छ र कमसेकम एमाले र काँग्रेस चुनाव अगाडी अन्य दलहरुसँग सहकार्य नगर्ने र संविधान लगायत निर्वाचन सँग सम्बन्धित कानुनहरुलाई संशोधन गरेर जाने र मुलुकमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन दिने कुरामा प्रतिवद्ध भएर लागेका छौँ । रवि लामिछानेजीका सहकारी प्रकरणदेखि लिएर अनेक खालका प्रकरणहरुलाई ठाकछोप गरेर आफू बच्नको लागि उहाँलाई गृहमन्त्री चाहिएको थियो । त्यो बन्ने क्रममा उहाँले फाइल खोल्ने होइन कि फाइल सोज्याउने, थन्क्याउने कुरामा उहाँको भुमिका रह्यो । पछिल्लो बेला बेचन झालाई पक्राउ गरिसके पछाडी श्याम ज्ञवालीमार्फत् प्रहरीमा विद्रोह गराएर वर्तमान आईजिपीलाई अमेरिका गएकै बेलामा निलम्बन गरेर श्याम ज्ञवालीलाई आइजिपी बनाएर कांग्रेसका नेताहरुलाई गिरफ्तार गर्ने सम्मका योजना बनाएको एक्स्पोज भएपछि उहाँसँग कांग्रेस धेरै नै रिसाएको जस्तो देखिन्छ । संसदीय छानवीन समितिले सही प्रतिवेदन ल्याउँदा रवि लामिछाने, जिबि राईजस्ता सहकारीका राष्ट्रिय ठगहरु यसबाट मुक्ति पाउनुहुन्न ।’


कार्यक्रममा बोल्दै नेकपा(एमाले)का केन्द्रिय सदस्य राजिव पहरीले ०८४ सालको निर्वाचन अगाडीसम्ममा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताउनु भयो । उहाँले ०८४ को निर्वाचन पछि एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउने गरी पार्टी अघि बढेको बताउनु भयो । उहाँले युवाहरुलाई सोही योजना अनुरुप परिचालन गरिने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘हामी सम्पूर्ण रुपले केन्द्रित, सरकारले गरेका राम्रा कामहरुलाई आम जनताको बीचमा पु¥याउने र ०८४ को निर्वाचन भन्दा अगाडी नेकपा(एमाले)लाई बलियो राष्ट्रिय शक्ति निर्माण गरेर ०८४ को निर्वाचनमा एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउने । त्यो गर्न सकियो भने मात्र समृद्धि र समाजवादको दिशातर्फ अगाडी बढ्न सक्छौँ । अब हाम्रो ध्यान सिंहदरबार, बालुवाटारमा होइन । हाम्रो सम्पूर्ण ध्यान युवाहरुको बीचमा हुनेछ । सबै परिचालित गरेर लाग्नेछौँ ।’


राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले युवाहरुलाई सकारात्मक विचारसहित अगाडी बढाएमा देशको विकास र समृद्धि सम्भव हुने बताउनु भयो । उहाँले युवाहरुलाई आत्मनिर्भरताको बाटोमा लानुपर्ने भन्दै आफ्नो कार्यकालमा एक हजार युवाहरुलाई उद्यमी बनाउने र ५० हजारलाई रोजगारी सिर्जना गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘सकारात्मक शन्देशसहित, सकारात्मक विचारसहित युवाहरुलाई अगाडी बढायो भने नेपालको विकास र समृद्धि सम्भव छ । अब नेपाली युवाहरुलाई आत्मनिर्भरताको बाटोमा लानुपर्छ । उद्यमको बाटोमा लानुपर्छ । यो कार्यकालमा हामीले एक हजार उद्यमी जन्माउँछौ र ५० हजार रोजगारी दिन्छौँ । हामीले राज्यलाई भनेका छौँ, अब युवाहरुले उद्यमी बन्नका लागि सोँच, विचार, कल्पना, योजना धरौटी राख्छौँ । अवधारणाको आधारमा राज्यले लगानी गर्छ र उद्यमी बनाउँछौँ । नेपालका युवाहरुलाई उद्यमी बनाउँछौँ ।’


उहाँले युवाहरुलाई उसको सोच र योजनालाई धरौटीको रुपमा राखेर राज्यले लगानी गर्नुपर्ने बताउनु भयो । 

[adrotate banner= “6”]

[adrotate banner= “4”]

[adrotate banner= “5”]

Previous Post

फाइनलमा भारतसँग अहिलेसम्मकै उत्कृष्ट खेल्छौं–अरुणा

Next Post

रिठ्ठेपानी डाँडाको माटो कटान ठेक्का सम्झौतामा नभएकाले प्राधिकरणले कटान गरेको होः महानिर्देशक अधिकारी

Next Post

रिठ्ठेपानी डाँडाको माटो कटान ठेक्का सम्झौतामा नभएकाले प्राधिकरणले कटान गरेको होः महानिर्देशक अधिकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन