• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह

नीतिप्रेस by नीतिप्रेस
September 28, 2024
in Uncategorized
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटनाबाट जनधनको क्षति हुन नदिन तीन तहकै सरकारले समन्वय गरेर काम गरिरहेको बताउनुभएको छ ।


बिहीवारबाट अविरल जारी वर्षापछि देशभरका विभिन्न स्थानमा ठूलो क्षति पुगिसकेको भन्दै सरकारले आवश्यक पहलकदमी गरिरहेको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यवाहक प्रधानमन्त्री सिंहले अविरल वर्षाका कारण देशका विभिन्न भागमा धेरै ठूलो क्षतिहरु भएको र ठाउँठाउँमा पहिरो, बाढी आइरहेको भन्दै शतर्क रहन आग्रह गर्नुभयो । उहाँले सरकारले मोबाइलमा उच्च जोखिम रहेका क्षेत्रका बासिन्दाहरुका लागि सूचना संप्रेषण गर्नुका साथै सञ्चारमाध्यमबाट पनि सूचना जारी गरेको उल्लेख गर्नुभयो । उहाँले सडक सञ्जाल, पुलहरु बाढीले बगाएको र पहिरोका कारण सडक भासिएको हुनसक्ने भन्दै लामो यात्रा नगर्न र धैर्य धारण गरी सुरक्षित स्थानमा रहन आम नागरिकहरुसँग आग्रह गर्नुभयो । सरकारको तर्फबाट सबै निकायहरुलाई परिचालित गरेर नागरिकको सुरक्षाका लागि काम गरिरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोन संवाद जारी रहेको र देशको विपद्बारे जानकारी गराएको बताउनु भयो । प्रधानमन्त्री ओलीले सुरक्षा निकायलाई जनताको सुरक्षाका लागि खटाउन र आवश्यक व्यवस्थापन गर्न निर्देशन दिनुभएको जानकारी गराउनु भयो । 
उहाँले भन्नुभयो, ‘अविरल वर्षाका कारण देशका विभिन्न भागमा धेरै ठूलो क्षतिहरु ठाउँठाउँमा पहिरोदेखि लिएर बाटोको कटान भएका कारणले र पानीको वहाव अनियन्त्रित रुपमा बढेको कारणले गर्दा अवस्था वर्षातको कारणले नाजुक छ । हामी सबै त्यसमा अलर्ट हुनुपर्ने अवस्थामा छ । अहिले खासगरी नेपाल सरकारको तर्फबाट सबै निकायहरुलाई परिचालित गरेर समयसमयमा सामाजिक सञ्जालको मार्फत, सञ्चारमाध्यमको मार्फत सबै ठाउँमा त्यहाँको स्थानीय अवस्थाको बारेमा जानकारी गराउने र अलर्ट हुनुपर्नेलाई सजग हुुनपर्छ भनेर सूचना जारी गरिरहेको छ । वर्षातले गर्दा जनधनको क्षति भएको छ । त्यसमा खास गरी यो अवस्थाबाट डिजास्टर म्यानेजमेण्टको समितिले एक्टिभाइज गरी सबैलाई अलर्ट गराउने र त्यसमा पनि सुरक्षा निकायलाई मात्रै होइन, स्थानीय तहबाट पनि र हरेक प्रदेश सरकारले मिलेर अहिलेको वर्षातको कारणले गर्दा जुन समस्या उत्पन्न भएको छ त्यसको समाधान गर्न सबै मिलेर गर्नुपर्छ । सम्माननीय प्रधानमन्त्रीज्युसँग टेलिफोनमा वार्ता भइरहेको छ । यहाँको बारेमा अवस्थाको बारेमा जानकार हुनुहुन्छ । सम्बन्धित निकायलाई गृहमन्त्रीदेखि लिएर योसँग सम्बन्धित मन्त्रालय र मन्त्रीलाई बोलाएर कुरा गरेर जनतालाई बढी जनधनको क्षति हुन नदिने काममा आवश्यक काम अघि बढाइरहेका छौँ ।’
कार्यवाहक प्रधानमन्त्री सिंहले जनतालाई सुरक्षित राख्न रर थप क्षति हुन नदिने गरी सरकारले आवश्यक काम गरिरहेको बताउनु भयो । बिहीवारदेखि भएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ । उपत्यकाका नदीहरुमा आएको बाढीले जनधनको ठूलो क्षति गरेको छ भने उपत्यकाका सडकहरु जलमग्न छन् । नदी किनारका बस्तीहरुमा बाढी पसेको छ । उपत्यका भन्दा बाहिर पनि सडकहरु बाढीले बगाएको छ । जनधनको क्षति भइरहेको छ । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

शिक्षा क्षेत्रको संरचना तथा व्यवस्थापन

Next Post

सप्तकोशीमा खतराको संकेत, खोलिए सबै ढोका

Next Post

सप्तकोशीमा खतराको संकेत, खोलिए सबै ढोका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन