Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

प्रधानमन्त्री ओलीको आह्वानः मुलुकमा आइपरेको विपत्तिको मिलेर सामना गरौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार, सहयोग र पुनर्निर्माणको कामका जुट्न आह्वान गर्नुभएको छ ।


मुलुकमा विपद्ले निम्त्याएका संकट समाधानलगायतका विषयमा मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले सरकारले पीडित जनताको उद्धार तथा राहतका लागि सक्दो पहल गरेको र केही कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने बताउनु भयो । पीडित जनताको उद्धार, राहत, सहयोग, पुनर्निर्माणका कामहरु गर्ने बेला भएकाले यसमा सम्पूर्ण नेपालीहरु एकजुट हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले सिंगो मुलुक विपदमा परेको उल्लेख गर्दै त्यसलाई सबैले मिलेर सामना गर्नुपर्ने बताउनु भयो । विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्याएर मर्का पारेको नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको सामना गर्ने कुरामा सबै लाग्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो,‘यो बेला भनेको जनताले भोगी रहेको पीडा जुन छ । त्यस पीडामा उद्धार, राहत, सहयोग, पुनर्निर्माणका कामहरु गर्ने हो । यतिबेला यस्ता कुराहरुमा हामी नेपालीहरु सम्पूर्ण एक हुनुपर्दछ । एक भएर यो साझा विपत्तिको सामना गर्नुपर्दछ । यस विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्टयाएर मर्का पारेको हुँदैन । सबैलाई यसले मर्का पारेको हुन्छ । यो साझा राष्ट्रिय पीडाको कुरा हो । त्यसकारण देशले ३ दिन शोक मनाउने, आधा झण्डा झुकाउने भन्ने निर्णय गरेको छ सरकारले । यतिबेला कमी कमजोरीहरु कहीँ छन् । त्यो देखाउन सकिन्छ । तर केही राम्रा कामहरु पनि भएका होलान । सरकारले राम्रो काम पनि गरेको होला । सुरक्षाकर्मीहरुले पनि गरेका होलान । ४ हजार भन्दा बढी मानिसलाई रेस्क्यु नगरेको भएत उनीहरु बाँच्न गाह्रो थियो नि त । चार हजार भन्दा बढि मानिसलाई त बचाइएको छ । चार हजार भन्दा बढिको उद्धार गरेर उहाँहरुको जीवन जोगाएको छ । यो कुराहरु पनि हामीले देख्नु पर्छ भन्ने लाग्छ मलाई । केही गर्दै नगरेको होइन । सक्दो गरेको छ । यसमा कहीँ कमीकमजोरी भएको पनि हुनसक्छ । ती आगामी दिनहरुमा गम्भिरताका साथ लिनुपर्दछ । र सच्याउनु पर्दछ त्यस्ता कुराहरु । कमीकमजोरीहरु हुन दिनु हुँदैन । सच्याउनु पर्छ । हामीसँग भएको, राज्यसँग भएको, समाजसँग भएको, यो खाली राज्यको मात्रै विषय पनि होइन । किन, राज्यको मात्रै विषय भए अहिले पुनर्निर्माणको लागि, रेस्क्यु अपरेशनका लागि अथवा अरु राहत, सहयोगका लागि विभिन्न संघ, संस्थाहरुले, व्यक्तिहरुले, व्यवसायीहरुले कोषमा सहयोग पु¥याउनु हुनुहुने थिएन । यो सरकारको मात्रै विषय पनि होइन । यो सिंगो समाजको विषय हो । सिंगो नेपाल यसबाट मर्माहत छ । अत्यन्त दुःखित छ । केही ठाउँमा ढिलो भएको पनि हुनसक्छ । तर जानीजानी ढिलो गर्ने, लापरबाही गर्ने कुरा त कसरी भयो होला र । ’
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले केही ठाउँमा उद्धारको काम ढिलो भएको  हुनसक्ने स्वीकार गर्दै अब तिब्रताका साथ अघि बढ्ने पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist