Latest
धनतेरसमा सुनको असर्फी किन्ने सर्वसाधरणको भिड
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

नागरिक समाजको ठाउँलाई साँघुरो पार्नु हुँदैनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा नागरिक समाजको ठाउँ साँघुरिदै गएको बताउनुभएको छ ।


सोमवार ‘रुल अफ ल एण्ड हुमन राइट्स’ विषयक कार्यक्रममा बोल्दै पूर्वप्रधान न्यायाधीश श्रेष्ठले नेपालमा नागरिक समाजको ठाउँ साँघुरिदै गएको बताउनुभएको हो । उहाँले जनताहरु संगठित हुन पाउने उनीहरुको अधिकार भएको भन्दै नागरिक समाजलाई संयुक्त राष्ट्रसंघले समेत स्थान दिएको बताउनु भयो । उहाँले नागरिक समाजको ठाउँहरुलाई साँघुरो पार्नु नहुने बताउनु भयो । उहाँले नागरिक समाजको ठाउँ साँघुरिनु प्रजातन्त्रको लागि राम्रो सुचक नभएको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘बहुदलीय व्यवस्थामा छौँ । राजनीतिक पार्टी चाहिन्छ भन्ने कुरामा विवाद भएन । तर जनतासँग कुरा गर्ने राजनीतिक पार्टीले मात्रै हो ? अरुले कुरा गर्न पाउँदैनन् ? जनताले अरु तरिकाले संगठित हुन पाउँदैनन् । जनताहरु संगठित हुने उनीहरुको अधिकार हो । नागरिक समाजलाई युएनले स्पेस दिएको छ । नागरिक समाजको स्पेसलाई साँघुरो पार्नु हुँदैन । यो स्पेसलाई संसारले मानेको हो । नागरिक समाजको स्पेस हामीकहाँ साँघुरिदै गएको छ । नागरिक समाज साँघुरिनुको मतलव हुन्छ निरंकुश झाँगिदैछ । संसारमा निरंकुश बढ्दै जाँदा यसको स्पेस साँघुरिदै गएको प्रवृत्ति बुझ्न सकिन्छ । मलाई लाग्दैन यो प्रजातन्त्रको लागि राम्रो सूचक हो । नियमन गर्न पाइन्छ नियन्त्रण गर्न पाइँदैन ।’


उहाँले राष्ट्रवाद र पपुलिज्म बढेसँगै प्रजातन्त्र र मानव अधिकारको एजेण्डा ओझेल पर्ने अवस्था रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist