Latest
युएनडिपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने
काठमाडौंमा सहकारी पीडितहरुको आन्दोलन
म्याद थपका लागि प्रसाईंलाई अदालतमा पेश
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

प्रचण्डलाई ओलीको जवाफः हतियार कसरी बिसाउन लगाउने हामीलाई थाहा छ


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई नधम्क्याउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ ।


आईतवार काठमाडौंमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नागरिकलाई धम्क्याएर पुनः सत्ता प्राप्ति गर्छु भन्ने नठान्न चेतावनी दिनुभएको हो । अध्यक्ष दाहाललक्षित टिप्पणी गर्दै उहाँले शनिवार काठमाडौंमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा दाहालले आफूहरुले हतियार चलाउन नबिर्सिएको र बिसाएको मात्रै भन्ने शब्दहरु प्रयोग गर्दै भाषण गरेको भन्दै हतियार कसरी बिसाउन लगाउने भन्नेकुराको राम्रो ज्ञान आफूलाई रहेको बताउनु भयो । उहँँले धम्क्याएर खान पाउने भ्रम अब नपाल्न आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘हिजो एक जन उफ्रिउफ्रिकन भाषण गर्दै थिए । हिजो मात्रै हो । हतियार बिसाएको मात्रै हो । भ्रम नरहोस् । चलाउन बिर्सिएको छैन । त्यस्तै त्यस्तै त हामी हुनु भएन नि । धम्क्याएका भरमा खाने, म त्यसलाई फेरि हतियार कसरी बिसाउन लगाउनुपर्छ तरिका थाहा छ पनि नभनौँ । हामी चलाउन त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छ हामीले । कसरी बिसाउने भनेर ।


प्रधानमन्त्री ओलीले एनआरएनएमा कुनै राजनीतिक दल र सरकारको हस्तक्षेप नहुने बताउनु भयो । उहाँले ढुक्क भएर आफ्ना कार्यक्रमहरु स्वतन्त्र रुपमा गर्न आग्रहसमेत गर्नुभयो । उहाँले आफू एमालेको प्रधानमन्त्री नभइ देशको प्रधानमन्त्री भएकाले प्रधानमन्त्रीको रुपमा कसैप्रति पनि भेदभाव गर्न नहुने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘पोल्टिकल पार्टीहरुका आफ्नै संगठनहरु होलान्, त्यसले आफ्ना काम आफैँ गर्लान्, यस संगठनभित्र राजनीतिक वार नगरौँ । सरकारको तर्फबाट तपाईंहरुलाई कुनै हस्तक्षेप हुनेछैन । तपाईंहरुल स्वतन्त्र भएर काम गर्नुस् । म देशको प्रधानमन्त्री हो, एमालेको प्रधानमन्त्री होइन । मैले कसैप्रति भेदभाव गर्न मिल्दैन, गर्दिन, प्रधानमन्त्रीको हैसियतले । मान्छेका त आफ्ना आफ्ना हैसियत हुन्छन् नि । हामी कुनै हस्तक्षेप गर्दैनौँ । सकेको सहयोग पु¥याउँछौँ । तपाईंहरु एकतावद्ध भएर चल्नका लागि के गर्नुपर्छ, गर्नुस् ।’


प्रधानमन्त्री ओलीले सबै एनआरएनएहरु एकतावद्ध भएर देश विकासमा लाग्न आग्रह गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist