• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आफ्नो कार्यकालमै काठमाडौंमा पानीको समस्या समाधान गर्ने खानेपानीमन्त्री यादवको प्रतिवद्धता

नीतिप्रेस by नीतिप्रेस
October 28, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।


आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकामा अहिले ५१ करोड लिटर पानीको माग रहेको र भविष्यलाई पनि मध्यनजर गरी पानीको समस्या समाधान गर्न आफू लागिपरेको बताउनु भयो । उहाँले मन्त्रालयले दीर्घकालीन समाधानका लागि पनि आफ्ना योजनाहरु बनाइरहेको बताउनु भयो । मन्त्री यादवले तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेण्डरका लागि प्रक्रिया अघि बढाइएको बताउनु भयो । शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा केही रकम खर्च गरेर पानी काठमाडौं पथान्तरण गर्ने व्यवस्थामा पनि मन्त्रालय लागेको उल्लेख गर्नुभयो । मन्त्री यादवले काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने गरी मन्त्रालयले काम गरिरहेको दाबी गर्नुभयो । उहाँले प्राविधिक समस्याका कारण मन्त्रालयलाई पनि केही समस्या परेकाले नीति, नियमहरु संशोधन गरी अघि बढिरहेको बताउनु भयो । मन्त्री यादवले सिस्नेरीबाट पानी निकट भविष्यमै काठमाडौं ल्याउने तयारी गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यकामा ५१ करोड लिटर पानीको डिमाण्ड छ । त्यो पु¥याउने कसरी ? सरकारको दीर्घकालीन समस्याको योजना के छ ? त्यसको लागि खानेपानी मन्त्रालय अघि बढिसकेको छ । हामी तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेण्डर हुन गइरहेको छ । त्यो यही १५ दिनभित्र जतिमा हुन्छ । त्यो २५ करोड ५० लाख लिटर मेलम्चीको पानी आयो भने समस्या केही समाधान हुन्छ । अहिले १७ करोड लिटर रहेको छ । पानी केही त हामीले अहिले वागमतीमा डाइभर्ट गरेका छौँ । केही पाइपको समस्याका कारण वागमती सफाइ गरिरहेका छौँ । ४ महिना पानी नआउँदा खानेपानी मन्त्रालय के गर्छ ? त्यो ५१ करोड लिटरको पानीको माग छ । ट्याङ्करवाला भाइलाई मजा भइहाल्छ । हामीले शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा २५ करोड जति खर्च गर्ने हो भने केही हल हुन्छ नै । अहिले ६ दिनमा पानी दिइरहेका थियौँ । कतै त १५ दिनमा पानी दिने गरेको रहेछ । १५ दिनमा पानी दिँदा कसरी नागरिक बाँच्छ । नागरिकप्रति राज्यको दायित्व यही हो । सानो मुहानबाट पनि पानी ल्याउने सोचमा छौँ । ट्याङ्करमा पानी हाल्न इआइए नचाहिने, सरकारलाई नागरिकका लागि पानी दिन इआइए चाहिने । मन्त्री अलि छिटो छिटो चेन्ज हुने के । मन्त्री आज त्यो, भोलि त्यो । मान्छेको दिमागमा मन्त्रीको नाम नै भुलिसकेछन् । तर यो सरकार मजबुत सरकार छ । यो सरकारको आयु लामो छ । यो सरकार छिटो हिल्दैन । तपाईंहरुको यो समस्या मेरो कार्याकालमा समाधान गरेर मात्रै बिदा हुन्छु ।’


उहाँले अहिलेको सरकार मजबुत सरकार भएकाले यो सरकारको आयु लामो भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल
नोटः यो कार्यक्रम आईतवार अबेर सकिएकाले आजमात्रै समाचार बनाइ पठाएका छौँ । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

सरकारले नागरिकलाई सम्भावना र अवसरको वितरण गरिरहेको छः गृहमन्त्री लेखक

Next Post

‘६० करोडको तिहार लक्षित विद्युतीय बजार ३० करोडमा खुम्चियो, ग्राहकको छैन चहलपहल’

Next Post

‘६० करोडको तिहार लक्षित विद्युतीय बजार ३० करोडमा खुम्चियो, ग्राहकको छैन चहलपहल’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन