• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भक्तपुरका प्रजापती समुदायको गुनासोः माटोका भाँडा बनाउन माटै पाउन छोड्यो

नीतिप्रेस by नीतिप्रेस
October 29, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

त्यो बेलामा पैसा कम थियो । लसुन, अन्न जोसँग जे थियो, त्योसँगै साट्थ्यौँ । घरमा बेच्न जाँदा बुढी आमै हुन्छ, पैसा हुँदैन, साग, लसुनसँग साट्थ्यौँ ।’
विकास बखुन्छें/न्युज एजेन्सी नेपाल
तिहार शुरु हुन लागेसँगै यतिबेला भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका पालादेखि कलशहरु बनाउन यतिबेला प्रजापती समुदायलाई भ्याइनभ्याइ छ । माटोका भाँडा अरु बेला पनि माग आउने गरे पनि तिहारको समयमा भने अन्य समयको तुलनामा बढी माग आउने प्रजापती समुदायको भनाइ छ । माटोका भाँडाको माग प्रत्येक वर्ष बढ्दै गइरहे पनि भाँडा बनाउने माटो प्राप्त गर्न भने कठिन हुँदै गएको प्रजापती समुदायको भनाइ छ । शुरुमा जता गएपनि माटो खनेर ल्याउन पाइने तर अहिले प्लटिङका कारण माटो पाउन मुस्किल भएको गुनासो प्रजापती समुदायको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै भक्तपुरका गणेशकुमार प्रजापतीले आफूले सानैदेखि माटोको भाँडो बनाउने काम गरेको भन्दै माग राम्रो आएको बताउनु भयो । उहाँले पालाको मूल्य पहिला पनि दुई रुपैयाँ र अहिले पनि सोही मूल्यमा विक्री ग्रिरहेको बताउनु भयो । उहाँले विगतको दाँजोमा माग केही घटेको भएपनि माटोका भाँडाको माग अहिले पनि रहेको बताउनु भयो । उहाँले पहिला भक्तपुरकै विभिन्न ठाउँबाट माटो खनेर ल्याउन पाउने भएपनि अहिले साँखु लगायत काभ्रेपलाञ्चोकका विभिन्न ठाउँबाट किनेर ल्याउनुपरेको बताउनु भयो । 
उहाँ भन्नुहुन्छ, ‘सानैदेखि यो काम गर्थें, बीचमा एक पटक छोडियो र अहिले फेरि गर्न थालेको हो । माग ठिक ठिकै आएको छ । पहिला पनि पालाको २ रुपैयाँ नै थियो । अहिले पनि दुई रुपैयाँ नै हो । पहिला पहिलाको दाँजोमा माग धेरै घटेको हो । तर अहिले पनि माटोको दियो प्रयोग गर्ने धेरै नै छन् । साँखुबाट धेरै माटो आउँछ । माटो पहिला खनेर लिन पाइन्थ्यो । १०, १५ फिट खनेर । अहिले माटो लिने ठाउँमा प्लटिङभएर घरैघर भइसक्यो अहिले कन्निुपर्छ ।’
उहाँले माटोका भाँडा बनाउनका लागि माटो पेल्न, मुस्न, सुक्न र पाक्न समय लाग्ने गरेको बताउनु भयो । माटो एक दिनमै सुक्ने भएपनि सबै काम सक्नका लागि १५ दिनको समय लाग्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘माटो पेल्ने, मुस्ने, सुकाउने, पाक्न समय लाग्छ । सुक्न एक दिनमै सुक्छ । १० देखि १२ दिनको समय लाग्छ ।’ 
पहिला काग तिहार आएपछि बेच्न जानुपर्ने भएपनि अहिले माटोका भाँडा लिन घरमै आउने गरेको बताउनु भयो । प्रजापतीकाअनुसार सामानहरु बनाइराख्दा जहिले पनि विक्री गर्न असहज छैन । ‘पहिला काग तिहार आएपछि बेच्न जानुपथ्र्यो । अहिले यहीँ लिन आउँछन् ।’ उहाँले भन्नुभयो, ‘सामानहरु बनाइराख्दा जहिले पनि विक्री गर्न असहज हुँदैन ।’


पहिला आफूले पैसाको कमी हुँदा लसुन, सागसँग माटोका भाँडा साट्ने गरेको सम्झनुहुन्छ हरिओम प्रजापती । उहाँ भन्नुहुन्छ, ‘यो पहिला गल्ली गल्ली छिरेका बेच्ने गर्दथ्यौँ । पैसा कम थियो त्यो बेलामा । लसुन, अन्न जोसँग जे थियो, त्योसँगै साट्थ्यौँ । घरमा बेच्न जाँदा बुढी आमै हुन्छ, पैसा हुँदैन, साग, लसुनसँग साट्थ्यौँ ।’
बुढा भएका आमा, दिदिबिहिनीसँग पैसा नहुँदा साग, लसुनसँग भाँडा साटेको स्मरण गर्दै जोसँग जे अन्न वा अन्य कुराहरु हुन्थे त्यही लिएर भाँडा दिने गरेको बताउनु भयो । अहिले माटो पाउन कठिन रहेको उहाँको भनाइ छ । माटो लिन पाइने ठाउँमा अहिले प्लटिङ भएको र माटोका भाँडा बेचेर खासै फाइदा नरहेको गुनासो गर्नुहुन्छ । सरकारले माटोको व्यवस्था गर्नसके मात्रै आफूहरुको पेशा लोप नहुने उहाँको भनाइ छ । 
उहाँले भन्नुभयो, ‘माटो लिने ठाउँमा घर, प्लटिङ भइसक्यो माटो छैन । अहिले माटोको भाँडा बेचेर खासै फाइदा छैन । सरकारले माटो दिनुपर्छ । किनेर साध्य छैन । त्यसैले यो लोप हुँदै गएको छ ।’


अर्का स्थानीय एवं माटोका भाँडा व्यापारी विनोदकुमार प्रजापती पुर्खादेखिको पेशा भएकाले चट्टै छोड्न नमिल्ने बताउनु हुन्छ । उहाँले पुख्र्यौली पेशा भएकाले माटोका भाँडा बनाउने काम गर्दै आएको बताउनु भयो । पुरानै मूल्यमा भाँडा बेच्नुपर्दा उहाँलाई लागत मूल्य नै नउठ्ने चिन्ता भने छ । तिहारमा विशेष गरी पाला मात्रै बिक्ने उहाँको भनाइ छ । 
उहाँले भन्नुभयो, ‘हाम्रो यो माटोको भाँडा बनाउने पुख्र्यौली पेशा हो । बाजे बराजुले बनाउनु हुन्थ्यो । हामी पनि बनाइरहेका छौँ । पुरानै रेटमा छ दियो । तिहारमा विशेष गरेर यो पाला मात्रै बिक्छ । अरु बेला सिजनअनुसारले सामानहरु बिक्छ । सदावाहर खुत्रुके, धुपाउरो, सामान बनाउन माटोको अभाव छ । दाउराको अभाव छ । इन्धनको समस्या छ । सहज रुपमा भए काम सुचारु हुन्छ ।’
अरु बेला सिजनअनुसारले सामानहरु विक्री हुने गरेको उहाँले बताउनु भयो । खुत्रुके, धुपाउरो जस्ता सामानहरु भने सदावाहर विक्री हुने गरेको बताउनु भयो । माटो पकाउनका लागि इन्धन ((दाउरा)को अभाव रहेको बताउनु भयो । 


माटोको भाँडा बनाउँदै आउनुभएका रोशन प्रजापतीको गुनासो पनि माटोको अभाव नै रहेको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले ३५ वर्षदेखि माटोका भाँडाहरु बनाउँदै आउनुभएको छ । पहिला वर्षहरु भन्दा यस वर्ष माटोका भाँडाहरुको माग घटेको उहाँको भनाइ छ । अहिलेको आर्थिक अवस्थाले गर्दा पनि माग घटेको हुनसक्ने उहाँको अनुमान छ । उहाँ भन्नुहुन्छ, ‘३५ वर्ष जति भयो मैले गर्दै आएको । पहिलो वर्ष भन्दा यस वर्ष माग धेरै घटिरहेको छ । अहिले आर्थिक अवस्था पनि कमजोर छ । त्यसैले हो कि । हाम्रो आफ्नै परिवारले गर्ने काम भएकाले ठिकै गुजारा चलिरहेको छ ।’


प्रजापती परिवारले नै गर्ने काम भएकाले कामलाई निरन्तरता दिएको र गुजारा चलिरहेको उहाँको भनाइ छ । माटोका भाँडा बनाउने प्रजापती समुदायलाई अहिले सरकारले माटोको व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने लाग्छ । माटो पाउन मुस्किल हुँदै गएपछि आफ्नो पुस्तौंदेखिको पेशा लोप हुने चिन्ता प्रजापती समुदायलाई छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

‘६० करोडको तिहार लक्षित विद्युतीय बजार ३० करोडमा खुम्चियो, ग्राहकको छैन चहलपहल’

Next Post

काठमाडौंमा छ्याप्छ्याप्ती छन् प्रतिवन्धित प्लाष्टिकका फूल र माला (तस्बिरहरु)

Next Post

काठमाडौंमा छ्याप्छ्याप्ती छन् प्रतिवन्धित प्लाष्टिकका फूल र माला (तस्बिरहरु)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन