• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

तिहारमा कुचोको माग धेरै, काठमाडौंमा १० करोड बढीको व्यापार हुने आँकलन

नीतिप्रेस by नीतिप्रेस
October 30, 2024
in अर्थ/वाणिज्य, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

प्रसन्न ढुंगाना/उत्सव वाग्ले
तिहारमा फूलमाला र पालासँगै कुचाको माग पनि अत्याधिक हुने गर्दछ । नेपालका मुख्य शहरहरुमा कुचोको माग यतिबेला अत्याधिक नै हुन्छ । कुचो व्यवसायीहरुलाई आपूर्ति धान्न गाह्रो हुन्छ । तिहार नेपालीहरुको हर्षोल्लासको पर्व भएकाले तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, भाइमसला, माटोको पाला, फूलमाला र कुचोको माग अन्य समयको तुलनामा दोब्बर हुन्छ । अझ कुचोको माग त नेपालमा भन्दा भारतीय बजारमा बढी हुने व्यवसायीहरु बताउँछन् । कुचोमा पनि झाडु र अमृषोको कुचो हुन्छ । अमृषोको कुचो भारतीय बजारमा बढी माग हुने नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की बताउनु हुन्छ । यतिसम्मकी भारतीय बजारमा कुचोको मागले नेपालमा कुचोको मूल्य निर्धारण गर्छ । काठमाडौंमा गजमुखी झाडु कुचो उद्योग सञ्चालन गर्दै आउनुभएका अध्यक्ष कार्कीले कुचोको व्यापार शुरु गर्नुभएको २०४९ सालदेखि नै हो । इलाममा आफ्नो पुख्र्यौली घरमा २०३० सालमा आफू जन्मिदा पनि आफ्ना पिताले कुचाको व्यापार गर्नुभएको सम्झना उहाँलाई छ । त्यसैले उहाँले पनि पुख्र्यौली पेशा २०४९ सालदेखि गर्दै आउनुभयो । काठमाडौंमा आएर व्यापार शुरु गरेको भने उहाँले १४ वर्ष करिव पुग्यो । 
उहाँले भन्नुभयो, ‘हामीले पारिवारिक रुपमा नै काम गरिरहेका छौँ । गजमुखी झाडु कुचो उद्योग, एनके लक्ष्मी ट्रेडर्स र गृहलक्ष्मी ट्रेडर्स तीन वटा हाम्रो फर्म छ । मैले यो व्यवसाय पारिवारिक विरासतकै रुपमा पाएको हो । म इलाममा जन्मिएको हो । हाम्रो इलाममा पिताजीबाटै २०३० सालमा नै व्यवसाय थियो । २०५० सालदेखि निरन्तर यो व्यवसायमा छु । हामी सबैको लागि यो रमाइलो पर्व तिहार हो ।’
किसानको असार १५ झैँ तिहारमा कुचो व्यवसायीहरुलाई कुचोको चटारो छ । माघ, फागुनमा जम्मा पारेका कुचोहरु बनाउने र बेच्ने काममा भ्याइनभ्याइ छ । तिहारमा कुचोको पूजा गर्ने कारणले पनि माग धेरै हुने गरेको उहाँ बताउनु हुन्छ । कुचोलाई आफ्नो जीवनपद्धतिका रुपमा लिनुपर्ने कार्की बताउनु हुन्छ । ‘अहिले विशेष गरेर हामी कुचो व्यवसायीहरुको लागि यतिखेर किसानको असार १५ जस्तै हो ।’ उहाँले भन्नुभयो, ‘हामीले माघ, फागुनमा जम्मा पारेका कुचोहरुलाई हाम्रो नेपाली सनातनी परम्पराअनुसार लक्ष्मी पूजामा यसको पनि विशेष पूजा हुने भएकाले अरु समयको तुलनामा दीपावलीको समयमा धेरै नै कुचोको माग हुन्छ । कुचो हाम्रो जीवनपद्धति हो भन्ने सम्झिनुपर्छ ।’
अध्यक्ष कार्कीले तिहारको समयमा काठमाडौं उपत्यकामा कुचोका अतिरिक्त नाङ्लो र झाडुको माग धेरै हुने गरेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अमृषोको कुचाको निर्यात विशेष गरी भारतमा बढी हुने बताउनु भयो । यस वर्षमात्रै भारतमा १ अर्ब बराबरको कुचो निर्यात गरिसकेको उहाँको भनाइ छ । त्यसै बराबरको आन्तरिक खपत नेपालका विभिन्न शहरहरुमा हुने गरेको कार्की बताउनु हुन्छ । तिहारको बेलामा अन्य समयको तुलनामा चार गुणासम्म बढी कुचो व्यापार हुने बताउनु भयो ।  
कार्कीले भन्नुभयो, ‘लक्ष्मीको प्रिय वस्तुका रुपमा कुचोलाई लिइन्छ । काठमाडौं लगायत शहरमा कुचोका अतिरिक्त नाङ्लो र झाडुको माग धेरै हुन्छ । अमृषोको कुचाको निर्यात विशेष गरी भारतमा हुन्छ । यो वर्ष १ अर्ब भन्दा माथि अमृषोको कुचो निर्यात गरेका छौँ । त्यो बराबरको नेपालको विभिन्न शहरहरुमा हाम्रो आन्तरिक खपत हुन्छ ।’
कार्कीकाअनुसार दशैँ र तिहार चाडपर्व परेका दुई महिना (असोज र कार्तिक) मा अन्य १० महिनाको बराबरको व्यापार हुन्छ । गत साल तिहारमा मात्रै करिव २० करोडको हाराहारीमा कुचो विक्री भएको उहाँको संघको अनुमान छ । तर यस पटक भने अमृषोको कुचोको मूल्य केही घटेकाले माग बढेपनि रकमका हिसावले भने विगतका वर्षहरुकै हाराहारीमा विक्री हुने अध्यक्ष कार्कीले बताउनु भयो । ‘अरु १० महिनामा जति व्यापार हुन्छ, त्यो व्यापार यो दुई महिना, दशैँ र तिहार केन्द्रित महिनामा हुन्छ । तिहारमा मात्रै गत साल २० करोडको कारोबार भएको थियो ।’ उहाँले भन्नुभयो, ‘तिहार बेला कुचो अरु बेलाको भन्दा तीन, चार गुणा बढी नै कारोबार हुन्छ । यो पटक अलिकति अमृषोको मूल्यमा गिरावट आएकाले कारोबार त बढ्यो तर मूल्य कम भएकाले फेरि पनि पोहोरकै दाँजोमा हाम्रो कारोबार हुन्छ ।’
काठमाडौंमा काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, सिन्धुली लगायतका पहाडी जिल्लाहरुबाट कुचो आउने गरेको उहाँले बताउनु भयो । उहाँले कुचोको मूल्य निर्धारण भारतीय बजारबाट नै हुने गरेको पनि बताउनु भयो । भारतको आसाममा कुचोको ठूलो बजार भएकाले भारतको मागअनुसार कुचोको मूल्य त्यहीँ तय हुने उहाँको भनाइ छ । ४० रुपैयाँ परपिसबाट साढे तीन सयसम्मको कुचो विक्री गर्ने गरेको उहाँले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, सिन्धुली लगायतका पहाडी जिल्लाहरुबाट कुचो आउँछ । कुचोको मूल्य निर्धारण भारतीय बजारबाट नै हुने गरेको छ । भारतको आसाममा कुचोको ठूलो बजार भएकाले भारतको मागअनुसार कुचोको मूल्य त्यहाँ तय हुन्छ । ४० रुपैयाँ परपिसबाट उत्पादन हुन्छ । ३ सयदेखि साढे तीन सयसम्मको पनि छ । काठमाडौंमा प्रतिपिस ४० रुपैयाँको कुचो बढी डिमाण्डमा आएको छ । यस दीपावलीमा काठमाडौं उपत्यकामा १० करोड भन्दा बढीको अमृषोको कुचोको विक्री हुने आँकलन गरेका छौँ । अब अमृषो बनाउँदाखेरी यसलाई गुणस्तरीय बनाउनु पर्छ । समयमै दिने र समयमै सुकाइदिने गर्नुपर्छ किसानले भने । व्यवसायी साथीहरुले पनि अहिले उत्साहपूर्वक विक्री भइरहेको छ । साथीहरुले उपभोक्ताहरुलाई नठगिने हिसावले व्यवसायिक प्रतिष्पर्धा कायम राख्न आग्रह गर्दछु । कुचो व्यवसायीहरुको असोजको बाढीका कारण काठमाडौं र काभ्रेपलाञ्चोकमा भएका कुचो व्यवसायीहरुको करिव १ करोड भन्दा माथिको क्षति भयो । धेरै ठाउँमा कुचोको माग आएकाले समयमा कुचो नपुग्ने भएर कुचोभित्र कालोबजारी हुनसक्छ । त्यसलाई मध्यनजर गरी आवद्ध उद्योगहरुलाई दिन र रातमा पनि काम सञ्चालन गर्न र आफ्नो माग कायम राख्न आग्रह गरेका छौँ ।’


अध्यक्ष कार्कीले यस वर्षको दीपावलीमा दीपावलीमा काठमाडौं उपत्यकामा १० करोड भन्दा बढीको अमृषोको कुचो विक्री हुने आँकलन गरेको बताउनु भयो । उहाँले अब अमृषो बनाउँदा गुणस्तरीय बनाउन आग्रह गर्नुभयो । किसानले पनि समयमै व्यापारीहरुलाई दिने र राम्रोसँग सुकाउनुपर्ने बताउनु भयो । उहाँले व्यवसायीहरुले पनि विपद्का कारण आवतजावतमा समस्या पर्ने भएकाले मागको आपूर्ति समयमा हुन नसक्दा कालोबजारी हुनसक्ने कुरालाई मध्यनजर गरी समयमै माग पूरा गर्न र तोकिएको मूल्य भन्दा बढीमा विक्री नगर्न आग्रह गर्नुभयो । मागपूर्तिका लागि रातीको समयमा पनि काम गर्न आग्रह गर्नुभयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

असामाजिक र अराजक क्रियाकलापहरु फस्टाउन दिँदैनौँः प्रधानमन्त्री ओली

Next Post

नारायणगढ–बुटवल सडक बिस्तारको काम तीन महिनामा सम्पन्न नगरे ठेक्का तोड्ने सरकारको तयारी

Next Post

नारायणगढ–बुटवल सडक बिस्तारको काम तीन महिनामा सम्पन्न नगरे ठेक्का तोड्ने सरकारको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन