• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भरतपोखरीमा देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान

नीतिप्रेस by नीतिप्रेस
November 2, 2024
in agriculture, अन्य, कला-साहित्य, जीवनशैली, धर्म/संस्कृति, नेपाली समाचार आजको, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,नेपालीहरूको महान चाड तिहारका अवसरमा भरतपोखरी विकास मञ्चको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानमा खुल्ला देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । तिहारका अवसरमा परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने उद्देश्यका साथ सातौं संस्करणको प्रतियोगिताको आयोजना गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिनुुभयो ।
प्रतियोगितामा अन्तर्गत देउसीभैलोमा सरस्वती सिस्ने महिला समूह प्रथम, सरस्वती टीका माध्यमिक विद्यालय द्वित्तीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्यालय खल्याण गण्डकीबेसीले सान्त्वना स्थान प्राप्त गरेका छन् । विजयी हुने समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्रबाट कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी तथा भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले संयुक्त रुपमा पुरस्कृत गर्नुुभएको थियो ।
एकल नृत्यतर्फ स्वतिका आचार्य प्रथम, शिरिषा मल्ल ठकुरी द्वितीय, बिपासा बिक तृतीय र सुनिता अधिकारीले सान्त्वना स्थान प्राप्त गरेका छन । बिजयी हुनेलाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद सहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा देउसीभैलो तर्फ ११ समूह तथा एकल नृत्यतर्फ १४ जनाको सहभागीता रहेको थियोे ।
कार्यक्रमकै अवसरमा नेपाली मौलिक कला सहित्य संगित र अभिनयका लगायतका क्षेत्रमा संलग्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । जस अन्तर्गत गण्डकी साहित्य संगमका अध्यक्ष साहित्यकार भिम रानाभाटलाई साहित्यिक क्षेत्रमा, सनिशा भट्टराईलाई अभिनयका क्षेत्रमा, चेस खेलाडी पुजा भण्डारीलाई राष्ट्रिय एवम् अन्तराष्ट्रिय चेस खेलाडीका रुपमा र युवा कलाकार सुरेश मल्ल ठकुरी (टुकी) लाई गायन एवम् सांगीतिक क्षेत्रमा योगदान पुु¥याएको भन्दै सम्मानपत्र, मायाको चिनो तथा दोसल्ला सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय लोक दोहरी गायक तुलसा क्षेत्री, रामजी पौडेल, शिबहरि ढुङ्गाना, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकी प्रदेश सदस्य रामप्रसाद ढकाल र रमा गौतमका विभिन्न सांगीतिक प्रस्तुति रहेको कार्यक्रम संयोजक चेतबहादुर महतले जानकारी दिनुुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै वडाअध्यक्ष रामचन्द्र अधिकारीले भरतपोखरी विकास मञ्चले सामाजिक तथा मानवीय सेवाका साथै मौलिक कला, संस्कृति र साहित्यिक विकासमा योगदान गर्ने स्रस्टाहरुको सम्मानका लागि खेलेको भुमिका प्रति खुलेर प्रशंसा गर्नुुभयो । उहाँले सिङ्गो वडाको बिकासका लागि सहकार्य र साझेदारीमा सहयोग गर्न आह्वान समेत गर्नुुभयो ।
मञ्चका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक चेतबहादुर महत र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकी प्रदेश सदस्य रामप्रसाद ढकालले गर्नुुभएको थियो भने स्वागत कार्य समिति सदस्य बिजया भण्डारीले गर्नुुभएको थियो । कार्यक्रममा सहयोगदाताहरूको तर्फबाट टुल्कनाथ आचार्य, संस्थाका सल्लाहकारहरु मध्येबाट केशरप्रसाद निर्दोषीले बोल्नुुभएको थियो । उक्त अवसरमा सचेतनामुलक लागुुऔषध दुव्यर्सनी नियन्त्रण एवम् डेङ्गुु रोग नियन्त्रण विषय सचेतना गराइएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ कार्यालय, सामाजिक संघ संस्था, सहयोगदाता तथा विभिन्न सहयोगी व्यक्तित्वबाट उक्त रकम संकलन गरि खर्च ब्यबस्थापन गरिएको संस्थाका कोषाध्यक्ष गोविन्द गौतमले जानकारी दिनुुभयो ।
संस्थाले पोखराका ग्रामीण क्षेत्रलाई केन्द्रित गरि छिट्टै ऐम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने गरि खाता समेत सञ्चालनमा ल्याएको छ भने शिक्षा, स्वास्थ सेवा, वातावरणर पर्यटनको क्षेत्रमा संस्थाले कार्य गदैँ आईरहेको छ ।
कार्यक्रममा स्थानीय आमा समूह, टोल विकास संस्था, युवा क्लब विद्यालय, बैंक तथा बित्तिय संस्थाका प्रमुख एवम् प्रतिनिधी, सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागीता रहेको संस्थाका महासचिव गणेश ढकालले जानकारी दिनुुभयो । कार्यक्रमममा सहयोगी संघ संस्थालाई मायाको चिनोका साथै दोसल्लाले समेत सम्मान गरिएको थियो ।

Previous Post

तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत प्रयोग गरेपनि हुन्छः कुलमान घिसिङ

Next Post

भारतमा रहेका प्रवासी नेपालीहरुले धुमधामसँग मनाए तिहार

Next Post

भारतमा रहेका प्रवासी नेपालीहरुले धुमधामसँग मनाए तिहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन