• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखद्ः उद्योगी व्यवसायी

नीतिप्रेस by नीतिप्रेस
November 11, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । 
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारदेखि करिव पाँच महिना दैनिक १० घण्टा बन्द भएसँगै विमानस्थलको उडान कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरुले उडान शुरु गरेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा हुँदा पनि पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन । तर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न लागेकाले उडान कटौती गरी विकल्पको रुपमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु गरेसँगै उद्योगी व्यवसायीहरु उत्साहित छन् । विमानस्थल बन्ने भएसँगै भैरहवामा निजी क्षेत्रले होटल लगायत पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेका थिए । विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौैंको लगानी डुब्ने चिन्तामा रहेका उद्योगी व्यवसायीहरुलाई थोरै भएपनि राहत हुने देखिएको छ । उद्योगी व्यवसायीहरुले राज्यले नीतिगत रुपमा वैदेशिक रोजगारीमा जाने यात्रुहरुको लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही उडान गर्ने व्यवस्था गरी पर्यटनको लागि प्रचारप्रसार गर्नुपर्ने व्यवसायीहरुको भनाई छ । उनीहरुले बहाना गर्ने नभइ अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई सहुलियत र सेवा सुविधा दिएर दीर्घकालिन रुपमा सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । जजिरा,थाई र एयर एशियाले विमानस्थलबाट उडान नै शुरु गरेका छन् । विमानस्थल सञ्चालनसँगै आर्थिक क्षेत्रसँग जोड्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको लागि १० घण्टा बन्द गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको बताउनु भयो । उहाँले निजी क्षेत्रले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बारम्बार सरकारसँग माग गर्दै आएको भन्दै काठमाडौंमाको विमानस्थल बिस्तारको क्रममा उडान कटौती गरी भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको उल्लेख गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पर्यटन आगमनको सिजनको समयमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने अवस्था भएकाले काठमाडौं आउने पर्यटकमा कमी देखिएको बताउनु भयो । उहाँले पर्यटन सिजनको समय भन्दा अन्य समयमा विमानस्थल बिस्तार गर्न व्यवसायीहरुले माग गरेको बताउनु भयो । उहाँले काठमाडौं त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरु गर्दा नयाँ अवसरहरु शुरु हुने बताउनु भयो । उहाँले भैरहवा,बुटवल क्षेत्रमा होेटलमा निजी क्षेत्रको ठूलो लगानी भएपनि विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौंको लगानी डुब्ने अवस्थामा रहेको बताउनु भयो । उहाँले भैरहवाबाट दिर्घकालिन अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भैरहवा अन्तर्राष्ट्रिय उडानले पर्यटनसँग सम्बन्धित पूर्वाधारहरुको सदुपयोग हुने बताउनु भयो । उहाँले बुटवल,पाल्पासम्म पर्यटक वृद्धि हुने अपेक्षा रहेको बताउनु भयो । उहाँले कृषि उत्पादन विक्री  लगायत धेरै क्षेत्रमा राम्रो हुने भन्दै निजी क्षेत्रको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने माग पूरा भएको बताउनु भयो । उहाँले सरकारले सहुलियत,सुविधा र पूर्वाधारहरु तयार बनाउनसके गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले यस क्षेत्रको पर्यटन प्रवद्र्धन ठूलो योगदान गर्ने उल्लेख गर्नुभयो । उहाँले सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो,‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीको लागि १० घण्टा बन्दा गर्दा अन्तर्राष्ट्रिय उडानहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न थाई,एयर एशिया र जजिरा तीन वायुसेवा कम्पनीहरु उडान शुरु गरेका छन् । भैरहवाबाट विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि राम्रो विषय हो । निजी क्षेत्रले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बारम्बार सरकारसँग माग गर्दै आएका थियांै । काठमाडौंमाको विमानस्थल बिस्तारको क्रममा भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु भएको त्यो निजी क्षेत्रको लागि खुशीको कुरा हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पर्यटन सिजनको समयमा उडान कटौती गर्दा काठमाडौं आउने पर्यटक कमी भएको छ । पर्यटन सिजनको समय भन्दा अन्य समयमा विमानस्थल विस्तार गर्न माग व्यवसायीहरुले गरेको हुन् । काठमाडौं त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरु गर्दा नयाँ अवसरहरु शुरु हुन्छ । भैरहवा,बुटवल क्षेत्रमा होेटलमा निजी क्षेत्रको ठूलो लगानी भएको छ । तर विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौको लगानी डुब्ने अवस्थामा थियो । अहिले भैरहवा अन्तर्राष्ट्रिय उडान हुन निजी क्षेत्रको लागि राम्रो हो । उडानको पर्यटनसँग सम्बन्धित पूर्वाधारहरुको सदुपयोग हुने छ । भैरहवा विमानस्थलमा राज्यले दिनुपर्ने सेवा सुविधा र आवश्यक व्यवस्थाहरु छोटो समयको लागि भन्दा पनि दीर्घकालिन हुनुपर्छ । भैरहवा विमानस्थलमा जाने कम्पनीहरुलाई दिने इन्टसेन्टिभ निरन्तरता हुनुपर्छ । उडान शुरु हुँदा बुटवल,पाल्पासम्म पर्यटक वृद्धि हुने अपेक्षा छ । कृषि उत्पादन विक्री लगायत धेरै क्षेत्रमा राम्रो हुन्छ । त्यसलाई पुँजी निर्माण र व्यापारसँग जोड्न सक्नुपर्छ । निजी क्षेत्रको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने माग पूरा भएको छ । दीर्घकालिन बनाउनको लागि आवश्यक सहुलियत,सुविधा र पूर्वाधारहरु तयार बनाउनसके गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले यो क्षेत्रको पर्यटन प्रवद्र्धन ठूलो योगदान गर्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालनको लागि सरकारले दिनुपर्छ । निजी क्षेत्रलाई दिँदा व्यवसायिक हिसावले गुणस्तरिय सेवाका साथ चल्नसक्छ । सरकार र निजी क्षेत्र दुवैलाई फाइदा हुन्छ ।’


उद्योगी व्यवसायी पवन गोल्यानले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको बताउनु भयो । उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको बहानामा भएपनि निजी क्षेत्रका लागि सुखद् र उत्साह बढाउने काम भएको उल्लेख गर्नुभयो । उहाँले थाई एयर एशियाले उडान शुरु गरेको भन्दै गौतमबुद्धको जन्म भूमिलाई सरकारले मार्केटिङ गर्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले थाइल्याण्डका ९९ प्रतिशत बुद्धर्धमालम्वीहरुलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा नभएको भन्दै नेपालले प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा जाने उडानहरु पनि भैरहवाबाट शुरु गर्नुपर्नेमा जोड दिनुभयो । 
उहाँले भन्नुभयो,‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि उत्साहित हुने खबर हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारको बहानामा भएपनि निजी क्षेत्रका लागि सुखद् र उत्साह बढाउने विषय हो । थाई एयर एशियाले उडान शुरु गरेको छ । नेपालको मार्केटिङ गर्न सक्नुपर्छ । थाइल्याण्डका ९९ प्रतिशत बुद्धर्धमालम्वीहरुलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा छैन । नेपालले प्रचारप्रसार गर्नुप¥यो । लुम्बीनीको प्रचारलाई महत्व दिनुपर्छ । वैदेशिक रोजगारीमा जाने उडानहरु पनि भैरहवाबाट शुरु गर्नुपर्छ । सबै काठमाडौंमा चाप परिरहेको छ । केही उडान पोखरा र केही भैरहवबाट गर्नुपर्छ । बुद्धको जन्मभूमिको रुपमा सरकारले विश्वमा प्रचार गर्नसके गौतमबुद्ध विमानस्थल सञ्चालनसँगै  लुम्बीनी पर्यटकको हब बन्नसक्छ । लुम्बिनीमा होटल ठूला लगानी भएको छ भने उद्योगको राजधानी बनेको छ । खर्च गर्ने क्षमता पनि बढी छ । पर्यटक गतिविधिहरु बढाउन आवश्यक छ ।’


उहाँले अन्तर्राष्ट्रिय सबै उडान काठमाडौंबाट हुँदा ठूलो चाप परिरहेको भन्दै केही उडान पोखरा र भैरहवबाट गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बुद्धको जन्मभूमिको रुपमा सरकारले विश्वमा प्रचार गर्नसके गौतमबुद्ध विमानस्थल सञ्चालनसँगै लुम्बिनी पर्यटकको हब बन्नसक्ने बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि हुने

Next Post

उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन एकतावद्ध हुन माओवादी केन्द्रको निर्देशन

Next Post

उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन एकतावद्ध हुन माओवादी केन्द्रको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन