• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानूनी प्रवन्ध गर्दैछौँः मन्त्री दाहाल

नीतिप्रेस by नीतिप्रेस
November 19, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानूनी प्रवन्ध गर्न लागिएको बताउनुभएको छ ।


नेपाल ट्रक यातायात व्यवसायी महासंघले धादिङमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार ४९ टन भन्दा बढी भार बोकेर सडकमा गुडाउन नपाउने कार्यविधि बनाएको बताउनु भयो । उहाँले ४९ टन भन्दा बढी बोकेर हिँड्दा के कारबाही हुने भन्ने स्पष्टता नरहेकाले सरकारले अहिले त्यसलाई पूर्ण रुपमा रोक लगाउने गरी आवश्यक प्रवन्ध गर्न लागेको बताउनु भयो । उहाँले छिमेकी मुलुकहरुको बाटोबाट आएका सामानहरुलाई सीमानाकामै निरीक्षण गरी सडकको भार क्षमता भन्दा बढी बोक्न नदिने बताउनु भयो । उहाँले सरकारले अब कडाईका साथ नियमावलीलाई लागू गर्ने र आवश्यक परे कानूनलाई पनि संशोधन गरेर अघि बढ्ने सोच बनाएको उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘बाटोको क्षमताअनुसार हाम्रो देशमा र संसारमै पनि कुरा के हो भने कति चक्के गाडी हो । थोरै चक्के गाडी छ भने त्यसको भारवहन क्षमता कम हुन्छ । जति चक्का बढायो त्यति त्यसको भारवहन क्षमता बढ्छ । तर हाम्रो देशको बाटोलाई मध्येनजर गरेर हामीले ४९ टन भन्दा बढी भार बोकेर यो बाटोमा हिँड्न नपाउने भन्ने एउटा कार्यविधि बनाएका छौँ । तर त्यो भन्दा बढी हुँदा के गर्ने भन्ने सन्दर्भमा हाम्रो बीचमा त्यति धेरै स्पष्टता छैन । जरिबाना गर्ने, जरिबाना गरिसकेपछि बाटोमा हिँड्न पाउने त पक्कै पनि हुनु हुँदैन । त्यसले गर्दा हामीले त्यसलाई पूर्ण रुपले रोक लगाउँदै छौँ । विदेशबाट आएका सामानहरु छन् भने, छिमेकी मुलुकहरुको बाटोबाट आएका सामानहरु छन् भने त्यो चेक प्वाइन्टमा नै निर्धारण गरिनुपर्छ । हाम्रो बाटोमा कति क्षमता भार बोकेका चारचक्के, १० चक्के वा २८ चक्के गाडीहरु पनि छन् । ति गाडीहरुले कति क्षमतासम्मको भार बोकेर हिँड्न पाउँछन् भन्नेकुराको निर्धारण चेक प्वाइन्टमै निगरानी गर्नुपर्छ । यस कुरामा नेपाल सरकारले अब कडाईका साथ नियमावलीलाई कार्यविधिलाई आवश्यक पर्छ भने कानूनलाई पनि संशोधन गरेर अघि बढ्ने सोच राखेका छाँै ।’


मन्त्री दाहालले सरकारले विकासका कामहरु अघि बढाउने हुटहुटी रहेको बताउनु भयो । उहाँले सडक सञ्जाल व्यवस्थित गर्न सरकारले आवश्यक काम गरिरहेको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीका नेताहरु आमरण अनसनमा

Next Post

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ (तस्बिरहरु)

Next Post

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ (तस्बिरहरु)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन