• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

१८ वर्षदेखि एउटै कानूनमा टेकेर संसद चलाउनुपर्ने बाध्यता छः सभामुख

नीतिप्रेस by नीतिप्रेस
December 8, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

सभामुख देवराज घिमिरले १८ वर्षदेखि एउटै कानूनमा टेकेर संसद चलाउनुपर्ने बाध्यताका कारण संसद सेवा प्रभावकारी हुन नसकेको बताउनुभएको छ ।


आईतवार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजितक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले संविधान जारी नभएको र मुलुक संघीयतामा नगएको अवस्थामा बनेको कानूनमै टेकेर संसद चलिरहेको उल्लेख गर्दै उक्त कानूनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताउनु भयो । सांसदहरु आफू कानून बनाउनुको सट्टा सरकारको मुख ताकिरहने प्रवृत्तिको कारणले कानून निर्माणमा समस्या हुने गरेको उहाँको भनाइ छ । उहाँले नेपालको संसदीय उपलब्धी र अभ्यासहरु अन्य देशको संसदसँग तुलना गर्न नमिल्ने पनि बताउनु भयो । संसद सेवालाई थप प्रभावकारी बनाउन कानूनी रुपमा अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि १८ औँ संसद सेवा दिवसले प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘१७औँ संसद सेवा दिवसको अवसरमा तुलनात्म रुपमा हेर्ने हो भने संसदलाई प्रभावकारी संसद् सेवामा केही प्रगति गरेका छौं । तर त्यो प्रगति प्रयाप्त छैन अझै धेरै प्रगति गर्नुपर्नेछ ।  हामीले गरेका उपलब्धीहरुलाई अरु मुलुकको तुलनामा होइन हाम्रै देशको तुलनामा हेर्नुपर्दछ । संसदीय अभ्यास पनि हाम्रै ढंगको परिवेश र परिस्थितिमा हेर्नुपर्दछ । एउटा महत्वपूर्ण कुरा मलाई के लाग्छ ने यो संसद सेवा छुट्टै बनाउने निर्णय गरेर छुट्टै ऐन बाट गाइगेड भएर हामीले १८ वर्षसम्म काम गरिरहँदाखेरि संविधान निर्माण भइसकेको थिएन । देश संघीय प्रणालीमा गइसकेको थिएन । त्यतिबेलै बनाएको कानून समयसापेक्ष बनाएर जानुपर्ने कुरा धेरै महत्वपूर्ण छ । यसमा हाम्रो ध्यान गइरहेको छैन । यसको पछाडि म व्यक्तिगत रुपमा के कुरामा सहमत छु भने हाम्रो कानून हामीले बनाउनुपर्छ भन्ने होइन, सरकारले कानून कहिले ल्याइदिन्छ भनेर हेर्ने प्रवृति संसदभित्र जे छ । यसको प्रमुख कारण यही हो । संसद् सेवालाई प्रभावकारी बनाउँदै यसको महत्व बढाउने कुरामा हामी जानको लागि अब नयाँ ढंगबाट कानूनी कुराहरु सोच्नुपर्छ । त्यसको लागि आजको यो छलफल र दिवसले महत्वपुर्ण कुराहरु राख्नेछ ।’


संसद प्रभावकारी बनाउन सबै राजनीतिक दल, विज्ञ, कर्मचारी र संसदहरुको महत्वपूर्ण भुमिका रहने उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले संसदलाई प्रभावकारी बनाउन संसद सचिवालयका कर्मचारीहरुको महत्वपूर्ण भुमिका हुने बताउनु भयो । उहाँले सांसदहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने कुरालाई आत्मसाथ गर्दै कर्मचारीहरु अघि बढ्नुपर्ने बताउनु भयो । हालै संसदमा प्रवेश गर्ने सांसदहरुलाई संसदमा के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने ज्ञान नहुने भएकाले यस विषयमा कर्मचारीको सक्रियता महत्वपूर्ण हुने उहाँको भनाइ छ । 
उहाँले भन्नुभयो,‘संसद सेवामा काम गर्ने कमचारीहर विज्ञ हो । कयौं वर्षदेखि संसदकै काम गरिरहेकाले यो विषयमा तपाईंहरु पोख्त हुनुहुन्छ । संघीय संसदमा ४ सय जना कर्मचारीहरु हुनुहुन्छ । माननीयज्युहरुलाई सहयोग गर्नको लागि बस्नुभएको हो । मैले सुनेको भारतमा संसद शुरु हुनुभन्दा अगाडि सांसदहरुलाई त्यसको बारेमा जानकारी गराउनका लागि विज्ञहरु राखिन्छ । त्यो हाम्रो देशमा पनि आवश्यक छ । कर्मचारीहरुले पनि सांसदहरुको क्षमता अभिवृद्धि गर्ने कुरा आत्मसाथ गर्नुपर्छ भन्ने लाग्छ । अधिकांश सांसदहरुलाई त के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने जानकारी हुँदैन नि ।’


कर्मचारीहरुले संसदका काम,कारबाही गर्दा राजनीतिकरण नगरीकन संसदको अवधारणा मनन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

काभा पुरुष क्लव भलिबल च्याम्पियनसिपः हेल्प नेपालको रोमाञ्चक जित

Next Post

संसदले गर्ने निर्णय कार्यान्वयन गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन सकेनः अध्यक्ष दाहाल

Next Post

संसदले गर्ने निर्णय कार्यान्वयन गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन सकेनः अध्यक्ष दाहाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन