पोखरा ।
आइएसएमटी कलेज पोखराले आगामी शुक्रबार ‘वीन्टर कार्भिनल’ सञ्चालन गर्ने तयारी गरेको छ ।
पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेज पोखरामा आगामी शुक्रबार ‘आइएसएमटी वीन्टर कार्भिनल’ हुने भएको छ ।
आइएसएमटी ग्रुपले पोखरासँगै, काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्यान्डकै सम्बन्धनमा कलेज सञ्चालन गरी बिबीए (बिजनेस एन्ड म्यानेजमेन्ट), बिएचएम, बिएस्सी, आइटी, आइटी (सिएसई), बिएस्सी (एचओएनएस), साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आइएसएमटी कलेज पोखरामा अप्रेसन म्यानेजर शिव पौडलले विद्यार्थीहरुलाई अध्यापनसँगै मनोरञ्जन पनि दिने उद्देश्यले आइएसएमटी विन्टर कार्भिनलको आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार कार्भिनलमा परिवर्तन ब्यान्डले सांगीतिक प्रस्तुती दिनेछन् । उक्त कलेजमा अध्ययनरत विद्यार्थीले थप सांगीतिक प्रस्तुती राख्ने कलेजले जनाएको छ ।






