• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सञ्चारमन्त्रीको टिप्पणीः लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रशारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्न थाले

नीतिप्रेस by नीतिप्रेस
January 14, 2025
in Uncategorized, नेपाली समाचार आजको, राजनीति, विचार, विविध, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रशारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताउनुभएको छ ।


मंगलवार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कानूनी जटिलताका कारण संस्थाको सिद्धान्तअनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताउनुभएको हो । उहाँले रेडियो नेपालले लगातार ३० वर्षसम्म तत्कालिन पञ्चायतको ताबेदारी गरेको आरोप लगाउनु भयो । जनतामाझ सही सूचना संप्रेषण गर्न नसक्दा रेडियो नेपालमाथि मिथ्या सूचना संप्रेषण गर्ने गरेको आरोप लाग्दै आएको मन्त्री गुरुङले बताउनु भयो । उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रशारण सुधार गर्न विभिन्न कालखण्डमा सुझाव समिति तथा कार्यदल बनेका भएपनि संविधान निर्माण, भारतको नाकाबन्दी र भूकम्पको सामना गर्नुपर्दा ति सुझावहरु कार्यान्वयन गर्न नसकिएको बताउनु भयो । उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पिएसबी पास भई कार्यान्वयनमा आएको उल्लेख गर्दै अब सार्वजनिक सेवा प्रशारण संस्थाहरु सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले उत्कृष्टतामा विश्वास गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले विश्वभरी सूचना प्रदान गर्न नसकेपनि नेपालभर समाचार सेवा दिन सक्नुपर्ने बताउनु भयो । नेपालका प्रत्येक भुगोलमा समाचार सेवा पु¥याउन सकेको ठूलो उपलब्धी मान्नुपर्ने उहाँको भनाइ छ । 
उहाँले भन्नुभयो, ‘लोकतन्त्रको विगुल फुक्ने काम सार्वनजनिक प्रशारण संस्थाहरुले गरेको हो । तर पछिल्लो समय सार्वजनिक सेवा प्रसारण संस्थाहरु यसको सिद्धान्त मुताविक चलाउन नसक्दाखेरि सत्ता र निश्चित व्यक्तिको चाकडि गर्ने संस्थाको रुपमा डेप्लभ भयो । त्यत्रो राम्रो काम गरको रेडियो नेपालपछि ३० वर्ष पञ्चायतको ताबेदारी गर्ने, पञ्चहरुको चाकडी गर्ने संस्थाको रुपमा विकास भयो । जनतालाई सही सूचना संप्रेषण गर्नुपर्नेमा त्यस्तो काम भएन । मिथ्या र झुट समाचारहरु प्रशारण गर्यो भनेर अर्को पक्षले आरोप लगाएको स्थिति हो । बहुदल आयो, २०४६ सालमा प्रजातन्त्र आयो । त्यसपछि यसलाई धेरै सुधार गर्ने प्रयास भए । धेरै उतारचडाबको बीचमा हामीले दोस्रो जन आन्दोलनमा आइपुग्दाखेरि रेडियो नेपाल तथा नेपाल टेटिलभिजनहरु जस्ता सार्वजनिक प्रशारण संस्थानहरुलाई  योजनाअनुसार चलाउने भनेर सुझाव समिति तथा कार्यदलहरु बने । कार्यदल तथा सुझाव समितिहरुले सरकारलाई सुझाव पनि दियो । त्यसपछि कहिले संविधान निर्माण गर्ने क्रममा, कहिले नाकाबन्दीको सामना तथा भूकम्पको मारमा परेको हुनाले सही दिशा लिन नसकेको स्थिति थियो । तर अहिले चाहीँ उ बेला सम्माननीय प्रधानमन्त्रीको कार्यकालमा पिएसबीको उत्पत्ति भयो । त्यतिबेला पास हुन सकेन । अहिले चाहीँ पारित भएर कार्यान्वयनमा आएको छ । सार्वजनिक प्रसारण संस्थाहरुले सहि दिशामा अघि बढ्छ । अब उत्कृष्टतामा विश्वास गर्ने हुनुपर्छ । उत्कृष्टतामा विश्वास गर्नु भनेको प्रतिष्पर्धा हो । त्यसकारण उत्कृष्टतामा विश्वास गर्ने संस्थाको रुपमा सार्वजनिक सेवा प्रशारण संस्था नेपाल विकास गर्न लाग्नुपर्छ । त्यो भुमिका पक्कै पनि अहिलेको सार्वजनिक प्रसारण संस्था नेपालले चाहीँ पूरा गर्नेछ भन्ने विश्वास मैले गरेको छु । हाम्रो प्रशारण सेवा विश्वभर पुग्न नसक्ला तर हाम्रो भुगोलको सबै ठाउँमा पुग्नुप¥यो । त्यति मात्र गर्न सकियो भने पनि महान उपलब्धी हुन्छ भन्ने लाग्छ ।’


नेपालभित्रका सम्पूर्ण घरहरुभित्र नेपाल टेलिभिजन हेरिने र रेडियो नेपाल सुनिने गरी विकास गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले सार्वजनिक प्रशारण संस्थाको सिद्धान्तअनुसार अघि बढ्दै नेपाली विशेषताको आधारमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

Previous Post

सहकारी नियमन तथा समस्या समाधानका विकल्प

Next Post

शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाज निर्माण : शिक्षामन्त्री

Next Post

शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाज निर्माण : शिक्षामन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन