पोखरा । बागलुङको जैमिनी नगरपालिका वडा नं २ दमेककी शर्मिला सापकोटा गत शनिबारदेखि सम्पर्कविहीन भएकी छन् ।
उनी आफ्ना तीन सन्तानसहित भारतको चेन्नाईबाट सम्पर्कविहीन भएको बताइएको छ ।
गत शनिबार बिहान ९ बजे आफ्ना सन्तान रुची सापकोटा, लक्ष्मी सापकोटा र निखिल सापकोटासहित शर्मिला सम्पर्कविहीन भएको श्रीमान कमल सापकोटाले जानकारी दिए ।
श्रीमती र आफ्ना सन्तानको खोजीमा जुटेको कमलले खोजीका लागि सहयोगको याचना समेत गरेका छन् ।
साथै उनका आफन्त दुर्गाप्रसाद, गोविन्द सापकोटा, मीना गौतम र कृष्ण पोखरेललगायतले शर्मिलाको खोजीमा जुटेको बताइएको छ ।