• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नागीधार महोत्सवको तयारी पूरा

नीतिप्रेस by नीतिप्रेस
January 15, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं ८ नागीधार गाउँमा हुने नागीधार महोत्सवको तयारी पूरा भएको छ । महोत्सव यही माघ ४ देखि ६ गतेसम्म चल्ने छ ।

मूल आयोजक समिति संयोजक ओमप्रकाश गुरुङका अनुसार महोत्सवलाई सफल बनाउन सबैले आआफ्नो जिम्माको काम पूरा गरिसकेका छन् । महोत्सव अवलोकन गर्न आउने अतिथि पाहुनालाई स्वागत गर्न आफूहरु आतुर रहेको उनले बताए ।

महोत्सवको सबै तयारी पूरा भएर उद्घाटनको पर्खाइममा रहेको आयोजक समिति सदस्य तथा नागीधार सिर्जनशील युवा क्लबकी कोषाध्यक्ष एलिशा गुरुङ्ले जानकारी दिइन् ।

महोत्सव स्थल खेलमैदान मर्मत तथा सफाईका कामसमेत भइरहेको समिति सदस्य खीम घलेले जानकारी दिए ।

नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरालगायत संस्थाको संयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथर बेँसी विकास समितिलगायत संस्थाको सहयोग तथा प्रवर्द्धनमा महोत्सव हुन लागेको नेदा तमु सेवा समाज पोखराका अध्यक्ष राजकुमार गुरुङ्ले जानकारी दिए ।

नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन प्रवर्द्धन, खेलकुद प्रवद्र्धन, संस्कृति संरक्षण तथा प्रवद्र्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको मूल आयोजक समिति संयोजक तथा मादी-८ का जनप्रतिनिधि ओमप्रकाश गुरुङ्ले जानकारी दिए ।

महोत्सवकै अवसरमा खेलमैदान परिसरमा समाजसेवी लक्ष्मी गुरुङद्वारा निर्माण गरिएको प्रतिक्षालय उद्घाटन, समाजसेवी सरबहादुर गुरुङ, नरबहादुर गुरुङ, कृष्णप्रसाद गुरुङको परिवारद्वारा निर्माण गरिएको खानेपानी धारा र चौतारा उद्घाटन गरिने कार्यक्रमसमेत तय गरिएको छ ।

महोत्सवको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ्द्वारा गरिने र समापन मादी गाउँपालिका अध्यक्ष देवीजङ गुरुङ, उपाध्यक्ष कल्पना गुरुङद्वारा गरिने संयोजक ओम प्रकाश गुरुङले जानकारी दिए ।

उनका अनुसार महोत्सवको दोस्रो दिन एनआरनए युकेका पूर्वअध्यक्ष मेजर डमर घले र सांस्कृतिक नृत्य प्रतियोगिताको प्रमुख अतिथि समाजसेवी नरबहादुर गुरुङ रहनेछन् ।

महोत्सवमा खेलकुद प्रतियोगितातर्फ खुला सेभेन ए साइड पुरुष फूटबल, खुला पुरुष छेलो फाल्ने, पुरुष तथा महिला रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमतर्फ खुला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँका आमा समूह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, चर्चित गायक गायिकाको प्रस्तुति सांस्कृतिक झाँकीलगायत प्रस्तुति रहने छन् ।

यस्तै शैक्षिक कार्यक्रमतर्फ कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि खुला श्रुतीलेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागि मादी-८ को समृद्धि र पर्यटन प्रवद्र्धनका लागि सम्भावना केके हुन सक्छन् भन्ने शीर्षकमा खुला वक्तृत्वकला प्रतियोगिता राखिएको सबुदुम्हर्सो तमु समाज नागीधारका अध्यक्ष होमबहादुर गुरुङ्ले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्न विभिन्न समिति समेत गठन गरिएको छ । साथै समाजसेवी ब्यक्ति तथा संघसंस्थाले आर्थिक सहयोगसमेत गरिरहेको आर्थिक उपसमिति संयोजक प्रकाश गुरुङले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा सहभागिताका लागि फुटबलतर्फ ३० टीम, सामूहिक नृत्यतर्फ १५ टीम, रसी तान्नेतर्फ १० टीम र छेलो फाल्ने प्रतियोगितातर्फ धेरै जनाको सहभागिता रहने अपेक्षा गरिएको खेलकुद संयोजक तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले जानकारी दिए ।

पोखरा-१३ भद्रकाली काँहुखोलाबाट भैँसे, भगवतीटार, थुम्सीकोट, गहते, मिजुरे, पाखुरीकोट गाउँ हुँदै ३५ किमिको दुरीमा नागीधार गाउँ सवारी साधनबाट सजिलै पुग्न सकिने नागीधार सिर्जनशील युवा क्लबका उपाध्यक्ष वसन्त गुरुङ्ले जानकारी दिए ।

यस्तै पोखरा-२६ विजयपुरबाट कालिका, सौरे, भगवतीटार भएर पनि पुगिन्छ भने पोखरा-३१ बेगनासबाट सौरे, भगवतीटार-थुम्सीकोट भएर पनि नागीधार गाउँ पुग्न सकिन्छ ।

Previous Post

अदालतले मागेको धरौटी रकम बुझाएर रवि लामिछाने रिहा

Next Post

टाइगर कप : गण्डकीले भित्र्यायो तीन विदेशी खेलाडी

Next Post
फाइल तस्बिर

टाइगर कप : गण्डकीले भित्र्यायो तीन विदेशी खेलाडी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन